+
+

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

कारोबार रकम ५११ करोडमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १५:१०

२५ कात्तिक, काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक घट्ने क्रम बिहीबार पनि दोहोरिएको छ । मंगलबार ८० अंकले घटेको नेप्से परिसूचक बिहीबार करिब ६० अंकले घटेको छ । बुधबार भने सार्वजनिक बिदाका कारण बुधबार भने बजार बन्द रह्यो ।

नेप्से परिसूचक ५९ दशमलव ५७ अंकले घटेर २ हजार ६ सय ९० दशमलव २९ अंकमा झरेको छ । उता क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ६३ अंकले घटेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि बिहीबार सुस्तायो । यस अघिको कारोबारमा साढे ६ अर्ब बढीको शेयर किनबेच भएपनि बिहीबार जम्मा ५ अर्ब ११ करोडमा रोकिएको छ ।

केहि दिन अघिसम्म लगातार बढिरहेका कम्पनीहरु आईसीएफसी र महालक्ष्मी विकास बैंकको शेयर मूल्य बिहीबार सबैभन्दा धेरै घट्नेको पहिलो नम्बरमा देखिएका छन् । यी दुबै कम्पनीहरुको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?