+
+

‘द भ्वाइस किड्स’लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २६ गते ११:४१

हिमालय टीभीमा प्रसारण हुन लागेको बालबालिकाहरुको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’को बिहीबार बेलुका काठमाडौंको चावहिलस्थित एफक्यूब हलमा प्रिमियर गरिएको छ ।

शुक्रबार बेलुका ८ बजेबाट प्रसारण हुने कार्यक्रम पत्रकार, विज्ञापनदाता र विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बिहीबार नै देखाइएको हो ।

६ वर्षदेखि १४ वर्ष उमेर समूहका बालबालिकाहरुले सहभागिता जनाएको यो कार्यक्रमको ‘ब्लाइण्ड अडिसन’ आजबाट प्रसारण हुनेछ ।

प्रिमियरमा शो हेरेपछि मिडियाकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । बालबालिकाहरुको भावनालाई समेत ध्यानमा राखेर उत्कृष्ट तरिकाले शो तयार पारिएको उनीहरुको भनाइ छ ।

प्रिमियरमा पाएको प्रतिक्रियाले आफूहरु उत्साहित भएको निर्देशक लक्ष्मण पौडेलले बताए । ‘कार्यक्रम तयार गर्दा नै हामीलाई शोले कस्तो प्रतिक्रिया पाउँछ भन्ने अड्कल लगाएका हुन्छौं । प्रिमियरमा विभिन्न क्षेत्रका मानिसहरुले दिनुभएको प्रतिक्रियाले उत्साह थपेको छ । अब दर्शकले दिने प्रतिक्रियाबाट हामीलाई थप उर्जा मिल्नेछ,’ उनले भने ।

शोका निर्माता तथा सञ्चालक सुशील नेपालले बालबालिकाहरुसँग जोडिएको यो शोको छायांकनका क्रममा आफू कैयौं पटक रोएको सुनाए । प्रिमियरमा यो शो हेरेपछि अतिथिहरु पनि भावुक बनेका थिए ।

हिमालय टीभीमा शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रसारण हुने यो शोमा राजु लामा, प्रमोद खरेल, प्रविशा अधिकारी र मिलन नेवार कोचको रुपमा छन् ।

यो शो २० भागसम्म प्रसारण हुनेछ । राजु र प्रमोद यसअघि ‘द भ्वाइस अफ नेपाल’को तीनवटा श्रृंखलामा कोचको रुपमा प्रस्तुत भइसकेका छन् । मिलन र प्रविशाका लागि भने यो शो नयाँ हो ।

तर, प्रिमियरमा शो हेरेका अधिकांशले मिलन र प्रविशाको प्रस्तुतिको खुलेरै प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?