काठमाडौं । विश्व नम्बर एक बेल्जियम सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ ।
युरोपियन छनोटअन्तर्गत शनिबार राति इस्टोनियालाई ३-१ ले पराजित गर्दै बेल्जियमले विश्वकपमा स्थान पक्का गरेको हो ।
बेल्जियमको जितमा क्रिस्टियन बेन्टेके, यानिक कारास्को र थोर्गन हाजार्डले गोल गरे ।
इस्टोनियाबा लागि इरिक सोर्गाले एक गोल फर्काए ।
एक खेल अगावै विश्वकपमा स्थान पक्का गरेको बेल्जियमले छनोटको अन्तिम खेलमा वेल्ससंग खेल्नेछ ।
समूह ई मा बेल्जियम सात खेलमा १९ अंक जोडेर शीर्ष स्थानमा छ ।
यसै समूहको अर्को खेलमा वेल्सले बेलारुसलाई ५-१ ले पराजित गरेको छ ।
प्रतिक्रिया 4