+
+

कैलालीका चार पालिकामा काँग्रेसको अधिवेशन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १६:५६

३० कात्तिक, धनगढी । कैलालीमा नेपाली काँग्रेसले मंगलबारका लागि तय गरेका चार वटा स्थानीय तहका अधिवेशन स्थगित भएका छन् ।

१३ स्थानीय तह मध्ये धनगढी उपमहानगरपालिका, घोडाघोडी नगरपालिका, गौरीगंगा नगरपालिका र भजनी नगरपालिकाको अधिवेशन स्थगित भएको प्रचार प्रसार समितिको संयोजक नृप सुनारले जानकारी दिए । उनका अनुसार यी पालिकामा बुधबार अधिवेशन हुनेछ ।

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेका बन्दका कारण मंगलबार अधिवेशन स्थगित गरिएको हो। उनका अनुसार अन्य ९ स्थानीय तहमा अधिवेशन शुरु भएको छ ।

गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, मोहन्याल गाउँपालिका, चुरे गाउँपालिका, जानकी गाउँपलिका, कैलारी गाउँपालिका ,जोशीपुर गाउँपालिका, बर्दगोरीया गाउँपालिकामा अधिवेशन शुरु भएको छ ।

कुन पालिकामा को आकांक्षी ?

सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको सभापतिका लागि नेता यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन् । उद्योग वाणिज्य संघका पूर्व महासचिव रुपेश स्वाँरले पनि नगर सभापतिमा चुनाव लड्ने बताएका छन् । तर उपाध्यायले स्वाँरले आफूलाई समर्थन गर्ने भएकाले सर्वसम्मत रुपमा सभापति बन्ने विश्वास व्यक्त गरेका छन् ।

गोदावरी नगरपालिकामा वीर बहादुर चोखाल र विष्णु बडेलाले उम्मेदवारी घोषणा गरेका छन् । घोडाघोडीमा कालिराम चौधरी, बम बहादुर सिंह र चन्द्रु चौधरीले आकांक्षी छन् । गौरीगंगामा पहलविक्रम चन्द र मोहन साउदबी प्रतिस्पर्धा हुनेछ ।

लम्कीचुहा नगरपालिकामा इन्द्र कुँवर र भक्त चलाउने सभापतिमा लड्ने बताएका छन् । भजनी नगरपालिकामा टेकराज न्यौपाने र नवराज मिश्र चुनावी दौडमा छन् ।

कैलारी गाउँपालिकामा कृष्ण चौधरीलाई सर्वसम्मत सभापति बनाउने प्रयास भइरहेको काँग्रेसले जनाएको छ ।

टिकापुर नगरपालिकामा नरेन्द्र कुमार खत्री र झनक तिमिल्सिना सभापतीमा आकाक्षी देखिएका छन् । चुरे गाउँपलिकामा खगेन्द्र खडायत र हेम शाह, मोहन्याल गाउँपालिकामा प्रेम बुचामगर र कमल साउदबीच प्रतिस्पर्धा हुनेछ ।

मोहन्याल गाँपालिकामा मतदान सकिएर मत गणनाा भइरहको छ । यी मध्ये धनगढी, जोशीपुर र जानकी गाउँपालिकामा सहमतीको अन्तिम प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?