+
+

सशस्त्र द्वन्द्वका कमी कमजोरी छानबिन गर्न प्रतिवद्ध छौं : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १८:१३

५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएका कमी कमजोरीको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न आफूहरु प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा माओवादीबीच युद्ध अन्त्य गर्नका लागि गरिएको विस्तृत शान्ति सम्झौता १५ वर्ष पूरा भएको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले सशस्त्र यद्धबाट भएको राजनैतिक उपलव्धीप्रति गर्व गर्दै भएका कमजोरीको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।

‘आजसम्मका राजनैतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं’ उनले भनेका छन् ।

युद्धलाई शान्तिमा रुपान्तरण गर्ने काम सम्पन्न भएपनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपुरण र संक्रमणकालीन न्यायको मान्यतामा आधारित छानविनको प्रक्रिया टुङ्गोमा पु¥याई समाजमा मेलमिलाप कायम गर्ने काम बाँकी नै रहेको प्रचण्डले उल्लेख गरेका छन् ।

उनले शान्ति प्रक्रियाको मामिला सरकारको मात्र नभई राज्यकै हो भन्दै यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष एकमत रहेको पनि बताए । ‘…र बाँकी काम सम्पन्न गर्न पनि प्रतिवद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्वद्ध सबै पक्षलाई विश्वास दिलाउन चाहन्छौं’ उनले भनेका छन् ।

प्रचण्डले शहीद तथा वेपत्ता परिवार, घाइते, विस्थापित लगायतका पीडितहरुसँगको परामर्शमा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संसदको आगामी अधिवेशनबाट टुंगोमा पुर्‍याउने पनि बताएका छन् ।

अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै, नेपाली मौलिकतामा विधेयक परिमार्जन गर्ने र शान्ति प्रकृयाको बाँकी काम सम्पन्न गर्ने प्रचण्डको भनाइ छ ।

हेर्नुहोस् प्रेस विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?