
७ मंसिर, धनगढी । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
धनगढी उप–महानगरपालिका–२ त्रिनगर भन्सार नजिकैबाट बैयाबेहडी बस्ने २६ वर्षीय सन्देश बोगटी र धनगढी–१ का ३० वर्षीय बिजय मगरातीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुको साथबाट ७ ग्राम ९ मलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ भने लु४५प २६५३ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध कसूरमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4