+
+

पक्राउ परेलगतै छुटे आरती स्ट्रिप्सका सञ्चालक सिंघल

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १०:०९
पीडित दिवस नेपाल । उनलाई सिंघलको समूहले कुटपिट गरेको हो ।

९ मंसिर, विराटनगर । आरती स्ट्रिप्सका सञ्चालक सञ्जय सिंघल पक्राउ परेको केही घण्टामै छुटेका छन् । बुधबार बेलुका कर्मचारी कुटेको आरोपका सिंघल पक्राउ परेका थिए । राजनीतिक नेतृत्वको दबाबमा प्रहरीले पक्राउ गरेलगतै उनलाई छाडेको हो ।

बुधबार बेलुका उद्योगका सञ्चालक सिंघलसहितको टोलीले आरती स्ट्रिप्सका जनसम्पर्क प्रमुख दिवस नेपालमाथि सांघातिक आक्रमण गरेको थियो । आक्रमणबाट नेपालको टाउकोमा गम्भीर चोट छ ।

आक्रमणपछि पुगेको प्रहरी टोलीले बुधबार करीब ६ बजे सिंघललाई पक्राउ गरेको थियो । प्रहरीले साढे ९ बजे सिंघललाई छाडेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले सिंघललाई छाडेको पुष्टि गरे ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार उद्योगको आन्तरिक विषयमा विवाद हुँदा कुटपिट भएको बताए । सिंघल छुटेपनि निगरानीमा रहेको उनले बताए । ‘उद्योगको आन्तरिक विवाद रहेछ,’ उनले भने,’ छुटेपनि उनी निगरानीमा छन् ।’

प्रहरी स्रोतका अनुसार बुधबार राति करिब साढे ९ बजे काङ्ग्रेसका एक नेताले सिंघललाई छुटाएर लगेका हुन् । सिंघल भारतको चर्चित भूषण ग्रुपका सञ्चालक हुन् ।

सिंघलसहितको टोलीले बन्दुक देखाएर कुटपिट गरेको पीडित नेपालको गुनासो छ । सिंघलले ‘मारिदे कति पैसा लाग्छ म तिर्छु’ भन्दै आरती स्ट्रिप्सका भाइस प्रेसिडेन्ट विशाल गुप्तालाई पेस्तोल दिएको उनले बताए ।

गुप्ताले पेस्ताले देखाएपछि सञ्जय सिघंल र निर्देशक एसपी बर्मासहितको टोलीले आक्रमण गरेको नेपालको गुनासो छ । गोली हान्न खोज्दा आफूले ज्यान जोगाएको उनले बताए । ‘मार्दे जति पैसा लाग्छ म खर्च गर्छु भन्दै सञ्जय सिंघलले पेस्तोल विशाल गुप्तालाई दिए’ नेपालले भने,’ पेस्तोल देखाएपछि मैले पनि प्रतिकार गरेँ ।’

आरती स्ट्रिप्स भारतीय लगानीको उद्योग हो । उद्योगले जस्ता पाता र पाइप उत्पादन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?