+
+

इजरायलमा ओमिक्रोन भेरियन्टको त्रास : विदेशी यात्रुमाथि प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १२ गते १३:२४

१२ मंसिर, काठमाडौं । इजरायलले केही समयका लागि विदेशी नागरिकलाई मुलुकभित्र प्रतिबन्ध लगाउने नदिने निर्णय गरेको छ ।

दक्षिण अफ्रिकामा हालै पत्ता लागेको कोभिड-१९ को ओमिक्रोन भेरियन्टलाई फैलिन नदिन भन्दै सबै विदेशी यात्रुमाथि प्रतिबन्ध लगाएको हो । विदेश नागरिकलाई १४ दिनसम्म मुलुक प्रवेशमा रोक लगाउने र आइतबारदेखि प्रतिबन्ध लागू हुने बीबीसीले जनाएको छ ।

शनिबार बसेको स्वास्थ्य मन्त्रालयले विदेशी यात्रुमाथि प्रतिबन्धसहित अन्य प्रतिबन्धात्मक नियम समेत लागू गर्ने निर्णय गरेको छ । निर्णयअनुसार खोप लगाएका इजरालयलीहरू ३ दिन र नलगाएकाहरू ७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

त्यस्तै, मन्त्रालयले कोरोना संक्रमितको निगरानी गर्ने अधिकार इजरायलको शिन बेट सुरक्षा बललाई दिएको छ । यसैबीच, प्रधानमन्त्री नफताली बेनेटले एक विज्ञप्तिमार्फत् फोन ट्र्याकिङ प्रविधि प्रयोग गरिने बताएका छन् ।

शनिबार नै सरकारले अफ्रिकाका ५० मुलुकलाई ‘रेड लिस्ट’मा राखेको थियो । सरकाले रातो सूचीमा परेका मुलुकबाट फर्किने इजरायलीलाई कोरोना नेगेटिभ नदेखिएसम्म तोकिएका होटेलमा राखिने र पोजिटिभ देखिएको अवस्थामा होटेलेमै बस्नुपर्ने बताएको छ ।

मन्त्रालयले लागू गरेका नयाँ नियमअनुसार अन्य मुलुक जाँदा यात्रा प्रतिबन्ध गरिएका मुलुकमा नजाने भनेर स्वास्थ्य मन्त्रालयको वेबसाइटमा उल्लेख गर्नु पर्नेछ । अनुमतिबिना ती मुलुकमा यात्रा गर्दा ५ हजार शेकेल (झण्डै १५ सइ ७० अमेरिकी डलर) जरिवाना लगाइने समेत समाचारमा उल्लेख छ ।

इथियोपिया, बोत्स्वाना, दक्षिण अफ्रिका र मलावीबाट फर्किने नागरिकको हकमा उक्त नियम लागू भइसकेको छ । रातो सूचीमा रहेका अन्य मुलुकको हकमा आज वा भोलिदेखि सो नियम लागू गरिने छ ।

इजरालयमा दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्टका १ जना संक्रमित फेला परेका छन् । त्यस्तै अन्य ७ जनालाई निगरानीमा राखिएको छ ।

विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्ट ‘चिन्ताको विषय’ भएको र पुन: संक्रसणको जोखिम उच्च रहेको बताइसकेको छ । तर संगठनले मुलुकहरूलाई हतारमा यात्रामाथि प्रतिबन्ध लगाउनुको साटो ‘जोखिममा आधारमा र वैज्ञानिक विधि’ अपनाउन आग्रह गरेको छ । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?