
१४ मंसिर, काठमाडौं । सिन्धुलीमा सिन्धुलीको कमलामाई नगरपालिका–६ रातामाटास्थित एक हार्डवेयर गोदाममा आगलागी भएको छ ।
मंगलबार बिहान करिब १० बजेतिर साह आइरन एण्ड इलेक्ट्रिक सेन्टरमा लागेको आगो दुधौली, बर्दिबास र रामेछापबाट समेत दमकल मगाएर नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द थपलियाले ठूलो आगलागी भएकाले अन्यत्रबाटसमेत दमकल मगाएर आगो नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनले अनलाइनखबरसँग भने, ‘आगो ठूलो थियो, हाम्रो यहाँको एउटा मात्र दमकलले नसक्ने भएपछि थप तीनवटा दमकल मगाउनुपर्यो । अहिले अवस्था नियन्त्रणमा छ ।’ आगो निभाउन नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।
सिकन्दर साहसहित दुई जनाको स्वामित्वमा रहेको उक्त गोदामका धेरै सामान जलेर नष्ट भएको एसपी थपलियाले बताए ।
बिजुलीको तार सट भएर आगलागी भएको र क्षतिको एकिन विवरण भने आइनसकेको उनले बताए । सञ्चालक साहले भने आगलागीबाट करोडौंको क्षति भएको बताएका छन् ।
प्रतिक्रिया 4