+
+

चुनावी रणनीति पर्सि मात्र सार्वजनिक गर्छु : सिटौला

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते १६:४१

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो चुनावी रणनीति पर्सि मात्र सार्वजनिक गर्ने बताएका छन् ।

कांग्रेसको १४औं महाधिवेशन भोलि शुक्रबार शुरु हुँदैछ भने पर्सि उम्मेदवारी दर्ताको कार्यतालिका छ । तेस्रो धार दाबी गर्दै आएका सिटौला पनि सभापतिका आकांक्षी हुन्, तर उम्मेदवारी दिने नदिने निर्णयमा पुगिसकेका छैनन् ।

जिल्ला र प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूहसँग सहकार्य गरेका उनले चुनावी रणनीति पर्सि मात्र सार्वजनिक गर्ने बताए ।

बिहीबार आफ्नो पक्षका महाधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गर्दै नेता सिटौलाले भने, ‘म जहाँ उभिन्छु त्यहीबाट पार्टीमा एकताको अभियान शुरु हुन्छ । मेरो आफ्नोभन्दा पनि मसँग जोडिएका साथीहरुको संरक्षण मेरो प्राथमिकता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?