+
+

शुरु भयो दराजको १२.१२ सेल अभियान, यस्ता छन् अफर

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १४:०२

काठमाडौं । दराजले वर्षको अन्तिम सेल अभियान ‘दराज १२.१२’ को घोषणा गरेको छ। यो अभियान मंसिर २४ गते मध्यरातिदेखि शुरु हुनेछ । दराज १२.१२ अभियानमा उपभोक्ताहरुले विशेष छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

अभियानअन्तर्गत ४ हजार रुपैयाँको मेगा भौचर र बैंक कार्डमार्फत १० प्रतिशतसम्मको थप छुटको लाभ उठाउन सक्नेछन् ।

यस अभियानमा सनराइज बैंक, एनएमबी बैंक, बैंक अफ काठमाडौं, सिटिजन्स बैंक र एभरेष्ट बैंकका कार्ड भएकाहरुले क्रेडिट कार्ड मार्फत १० प्रतिशत र डेबिट कार्ड मार्फत १ प्रतिशत प्राप्त गर्न सक्नेछन् । अभियान अवधिभर आफ्नो ईसेवा र आईएमई–पे वालेट मार्फत भुक्तानी गर्दा सीमित समयभित्र १० प्रतिशतसम्मको विशेष छुट पनि प्राप्त गर्न सक्नेछन्।

यस वर्षको १२.१२ मा फिलिप्स, सामसुङ, लेनोभो, एर्क, लोट्टो, सीजी डिजिटल साथै अन्य धेरैका उत्पादनहरूमा ६० प्रतिशतसम्मको छुट रहेको कम्पनीले जनाएको छ। यसबाहेक ग्राहकहरूले फ्याशन, इलेक्ट्रोनिक्स, घरेलु उपकरणहरू जस्ता विभिन्न वर्गहरूमा फैलिएका १३ लाखभन्दा बढी उत्पादनहरूमा पनि विशेष डिल र अफरहरू पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

दराज १२.१२ एक बिक्री–सञ्चालित अभियान मात्र नभई देशभरका ग्राहकलाई धन्यवाद व्यक्त गर्ने एउटा माध्यम भएको कम्पनीको भनाइ छ ।

“११.११, दराज र यसका सबै साझेदारहरूका लागि एक रेकर्ड–ब्रेकिङ अभियान थियो। हामी यस्तो किर्तिमान हासिल गर्न पाउँदा धेरै खुसी छौं,’ दराज नेपालका एमडी लिनो अलरिङ्गले भने, ‘यो सफलता सबै ग्राहकहरूको माया र समर्थन बिना सम्भव हुने थिएन । हामी अब एउटा अन्तिम अभियान – १२.१२ को साथ २०२१ समेट्न चाहन्छौं ।’

अभियानको अतिरिक्त हाइलाइटहरू मध्ये एक खेल एक रुपैयाँ अभियानमा ग्राहकहरूले केवल एक रुपैयाँमा बालाजीको हिराको टप, ऐना गितार, रियलमी नार्जो, हाइ ग्राउण्ड एडभेन्चर जिपलाइन र बन्जी, वर्ल्ड लिंक ३ सय एमबीपीएसको १२ महिना टीभी र इन्टरनेट जस्ता पुरस्कारहरू जित्ने मौका पाउने कम्पनीको भनाइ छ । यसमा सहभागी हुन ग्राहकहरूले डेबिट/क्रेडिट कार्ड वा आईएमई–पेमार्फत १ रुपैयाँ पूर्व–भुक्तानी गर्नुपर्ने छ। ग्राहकहरूले पुरस्कार नजितेमा रकम पुरा फिर्ता गरिने कम्पनीले जनाएको छ।

त्यस्तै, नयाँ दराज प्रयोगकर्ताहरूले १२.१२ मा किनमेल गरे बापत रियलमी ८ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् । केवल दराजमा साइन अप गरी दराजमा आफ्नो पहिलो अर्डर राखे बापत प्रयोगकर्ताहरू स्मार्टफोन जित्नको लागि योग्य हुने कम्पनीको भनाइ छ । १२.१२ मा किनमेल गर्ने ग्राहकहरूले मेगा–गिभवे अन्तर्गत बाल्ट्राको फ्रन्ट लोडिङ १० केजी वाशिङ मेसिन जित्ने मौका समेत रहेको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?