+
+
मोडल वाच   :

यूएन पार्कमा खुलिन् प्रतीक्षा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते १४:१२

प्रतीक्षा सेञ्चुरी काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसमा स्नातक गर्दैछिन् । यद्यपि उनी भविष्यमा मेकअप आर्टिस्ट बन्न चाहन्छिन् । प्रतीक्षा भन्छिन्, ‘मेकअप आर्टिस्ट बन्न मन लाग्छ, त्यसैको तालिम लिइरहेकी छु ।’

२३ वर्षीया प्रतीक्षालाई मोडलिङमा पनि उत्तिकै रुचि छ । यद्यपि उनी यसमै पूर्णकालीन रुपमा लाग्ने सुरसारमा भने छैनन् । ‘मोडलिङमा नै करिअर बनाउने सोच होइन,’ प्रतीक्षा भन्छिन्, ‘तर, फोटोसूट गर्न रहर लाग्छ ।’ उनले कुनै म्युजिक भिडियोमा खेलेकी छैनन्, र्‍याम्प शोमा उत्रिएकी छैनन् ।

प्रतीक्षालाई फोटोसूटका साथै घुमफिरमा बढी रुचि छ । उनलाई बेपर्वाह घुम्न मन लाग्छ । त्यस्तै फिल्मको पनि उनी सौखिन हुन् । ‘प्रायः फुर्सदमा फिल्म हेर्न मन पराउँछु,’ प्रतीक्षा भन्छिन् । उनलाई लभस्टोरी, हरर मुभी बढी मन पर्छ ।

यसैगरी संगीतमा पनि उनको गहिरो लगाव छ । प्रायः गीत–संगीत सुनिरहेकी हुन्छिन् । प्रतीक्षालाई नेपाली आधुनिक गीत र हिन्दी गीतहरु बढी मन पर्छ । अक्सर पुराना गीतहरु सुन्ने उनी बताउँछिन् । पुस्तक पढ्नमा भने उनलाई उस्तो रुचि छैन, खासगरी साहित्यिक । ‘पढ्नमा म अलि अल्छी छु,’ प्रतीक्षा भन्छिन् ।

५ फिट ५ इञ्च अग्ली प्रतीक्षा आफूलाई फेसनेबल त मान्दिनन्, यद्यपि बजारमा चलेको ट्रेण्डबारे जानकार रहन्छन् । ‘फेसनेबल भन्दा पनि फेसन कन्सस चाहिँ छु,’ प्रतीक्षा सुनाउँछिन्, ‘आफूलाई कस्तो पहिरनले बढी सुहाउँछ भन्ने कुरामा सचेत छु ।’

उनलाई फर्मल, क्याजुअल सबै किसिमको लुगा मन पर्छ । कुनै विशेष रोजाइ छैन । रंग भने नीलो, कालो र गुलाबी मन पर्छ ।

उनलाई किनमेलमा पनि रुचि छ । ‘केही कुरा मन परिहाल्यो र मसँग पैसा छ भने किनिहाल्छु,’ प्रतीक्षा भन्छिन्, ‘तर धेरै सपिङ गर्ने भन्ने चाहिं होइन ।’

प्रतीक्षालाई घर भान्साको काममा भने उस्तो रुचि छैन । उनी भन्छिन्, ‘खानेकुरा पकाउन त आउँछ, तर धेरै जाँगर चल्दैन । कुनै कुनै बेला किचनको काम गर्छु । अरुबेला भने मम्मी र भाउजूले नै गर्नुहुन्छ ।’

हाल पेप्सीकोलामा बस्ने प्रतीक्षाको जन्मथलो भने झापाको सुरुङ्गा हो ।

तस्वीर : महेश  प्रधान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?