+
+

कान्तिपुर फिल्म एकेडेमीले ‘म’ बनाउने, निराजन र निशा मुख्य भूमिकामा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते १३:४१

२७ मंसिर, काठमाडौं । चलचित्र सम्बन्धी अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक चलचित्र निर्माण गर्ने भएको छ । एकेडेमीले बनाउन लागेको चलचित्रको नाम ‘म’ राखिएको छ ।

हुन त, यसअघि पनि यही नाममा चलचित्रको छायांकन नभएको होइन । तर, लकडाउनका कारण चलचित्रको काम नै भताभुङ्ग भएपछि एकेडेमीले कलाकार र प्राविधिक टिम नै परिवर्तन गरेर नयाँ कथामा चलचित्र बनाउन लागेको हो ।

चलचित्र ‘म’को सोमबार कान्तिपुर फिल्म एकेडेमीमा शुभसाइत गरिएको छ । यो चलचित्रको छायांकन पुस ११ गतेबाट शुरु हुने निर्माणपक्षले जानकारी दिएको छ । यो चलचित्रलाई सुवर्ण थापाले निर्देशन गर्दैछन् । चलचित्रमा एकेडेमीकै सीईओ प्रकाश पुरीको लेखन रहेको छ ।

चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, सञ्जोग रसाइली र पूनम श्रेष्ठको मुख्य भूमिका रहनेछ । चलचित्रमा वनिष शाहको सम्पादन, तेञ्जिन पाल्देनको छायांकन, सुजन परियारको कस्ट्युम डिजाइन रहनेछ । पदम पुरी र विमला हुमागाईंको लगानी रहेको चलचित्रका प्रोडक्सन म्यानेजर करण सिंह हुन् ।

निर्देशक थापाले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा यो चलचित्रले भन्ने बताए । यो चलचित्रको कथामा जोडिन पाउँदा आफू उत्साहित रहेको र यसले मानिसको जीवन खोज्ने कलाकार सरोज खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?