
३ पुस, काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको प्रारम्भिक मत परिणाम अनुसार डाक्टर शशांक कोइरालाले अग्रता लिएका छन् ।
पहिलो चरणमा १०० मत गणना हुँदा कोरालाले सबैभन्दा धेरै ५३ मत पाएका छन् ।
शशांक शेरबहादुर देउवा, शेरख कोइराला र प्रकाशमान सिंह तीन जनाको प्यानलमा परेका थिए ।
यस्तै, दोस्रोमा उदयशम्शेर राणा रहेका छन् । राणाले ४४ पाएका छन् । यस्तै रामहरी खतिवडा ४३, रमेश लेखक ४२ र एनपी साउँदले ३७ मत पाएका छन् ।
कांग्रेसका ३५ जना खुला सदस्यका लागि ९९ जनाको उम्मेदवारी परेको छ । अहिले पार्टी केन्द्रीय कार्यालयमा मत गणना जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4