+

यसरी ताजा राख्न सकिन्छ फलफूल र तरकारी

२०७८ पुष  ५ गते १२:४१ २०७८ पुष ५ गते १२:४१
यसरी ताजा राख्न सकिन्छ फलफूल र तरकारी

पाकेको केराको फेदलाई प्लाष्टिक वा आल्मुनियम फोइलले मोडेर अलग-अलग गरी राखेमा धेरै समयसम्म ताजा रहन्छ ।

केरा, स्याउ काटेर कागतीको रस मिलाएमा ताजा नै देखिन्छ ।

पुदिना, धनियाँलाई नधोइकन आवश्यकतानुसार टुक्र्याएर र हरियो खुर्सानीको डाँठ हटाएर हावा नपस्ने भाँडामा खबरकागजले राम्रोसँग मोडेर राख्ने हो भने १०-१५ दिनसम्म ताजै रहन्छ ।

कागती, निबुवालाई खबरकागजले मोडेर प्लाष्टिकको झोलामा बन्द गरेर फ्रिजमा राख्यो भने ताजा रहन्छ ।

तिलक पौडेल

आलु काटेर पानीमा राखिदिनाले रङ बदलिंदैन, ताजै देखिन्छ ।

लसुन, अदुवाको पेष्टमा सर्स्युंको तेल र नुन मिसाएमा पेष्ट ताजा रही रहन्छ ।

भान्सा कार्य सहजीकरणका उपाय

  • कैंचीमा धार निकाल्न सिलिकन फोइल कागजलाई पट्याएर २५-३० पटक काट्न सकिन्छ ।
  • चक्कुमा धार निकाल्न सेरामिककपको वा स्टिल गिलासको पछाडि रगडेर उध्याउन सकिन्छ ।
  • मिक्सचरका ब्लेडमा धार निकाल्नु परेमा नुनलाई ग्राइन्ड गर्न सकिन्छ ।
  • प्लाष्टिक फोइललाई फ्रिजमा राखेमा निकाल्न सजिलो हुन्छ ।
  • काँचको वा कडा प्लाष्टिकको भाँडामा तातो दूध, पानी, चिया हाल्दा स्टिलको चम्चा राखेर हालेमा कहिल्यै फुट्दैन ।
  • काम गर्दा लगाउने प्लाष्टिकका पञ्जा लगाएर कुनैपनि बट्टाको बिर्को खोल्न सजिलो हुन्छ ।
  • १ चम्चा भेनेगर, १ चम्चा बे्रकिङ सोडा र १ चम्चा भाँडाधुने झोल साबुनमा पानी मिसाएर किचन क्लिनर बनाउन सकिन्छ ।
  • डढेको भाँडामा पानी उमालेर खाने सोडा र कागतीको रस हाली केही क्षण उमालेमा सजिलै डढेको सफा हुन्छ ।
  • नुन, बिरेनुनमा ओस नआओस् भन्न नुन राख्ने भाँडामा थोरै चामल राख्नु ठीक हुन्छ ।

सहज रुपमा पकाउने उपाय

  • कागतीको बोक्रालाई पानीमा उमालेमा त्यसको बाफले भान्सालाई फ्रेस गराउँछ ।
  • फ्राई गरेर बँचेको तेललाई न्याप्किनबाट छानेर पुनः प्रयोग गर्न सकिन्छ ।
  • थोरै तेल हालेर पीठो मुछेमा रोटी नरम बन्दछन् ।
  • खाने सोडा थोरै राखेर दूध तताउँदा फाट्दैन ।
  • सुकमेलको बोक्रालाई चिनीको भाँडामा राख्दा सुगन्धित हुन्छ ।
  • दाल वा गेडागुडीमा थोरै पानी राखेर ढकनी बन्द गर्नाले चाँडै भिज्छ ।
  • थर्मसलाई पहिला तातोपानीले पखाली उम्लेको पानी राखेमा लामो समय तातो रहन्छ ।
  • उपयुक्त तातोपनले स्टिकर उप्काउन सजिलो हुन्छ, गुँदको शेष रहँदैन ।
  • बोतलका स्टिकर हटाएपछि गुँदको च्याप-च्यापलाई तार्पीन तेलले हटाउन सकिन्छ ।
  • प्रयोगहीन बनेका टुथब्रसलाई सुल्टो उल्टोतिर बङ्ग्याएर गहिरा गिलास, कपको पींध धुनस प्यानरकमोटको घेराभित्रको भाग धुन सजिलो हुन्छ ।
  • हरियो, पहेंलो गोलभेंडालाई १०-१२ घण्टा आटामा गाडेर राख्ने हो भने पाकेर रातो हुन्छ ।
  • तेलमा जीरा, मेथी फुराएपछि बेसारलाई पानीमा पेष्ट बनाई फुराएमा अरू चिज फ्राई गर्दा तेल उछिट्टिंदैन ।
  • लसुनलाई फ्राई गरेर खैरो नहुँदै पानी मिसायो भने लसुनको नमीठो गन्ध रहिरहन्छ ।
  • प्याजलाई चाँडै फ्राई गर्न परेमा नुन मिसाउन सकिन्छ ।
  • प्याज भुटेपछि बेसार राख्यो भने थोरै बेसारले पनि पहेंलोपना दिन सक्छ ।
  • अदुवाको बोक्रा सुकाएर चियापत्तीसँग मिसाएर पकाउँदा चियामा अदुवा हालिरहनुपर्दैन ।
  • लसुन छोडाउन तावामा तताएर वा पानीमा भिजाएर छोडाउँदा सजिलो हुन्छ ।
  • प्याजलाई पानीमा भिजाएर प्लेटमा कागती काटेर राखी काट्ने हो भने आँखामा आँशु आउँदैन ।
  • लाम्चो गोलभेंडा सलादको लागि हो भने गोलो गोलभेंडा तरकारीमा मिसाउने प्रयोजनका लागि हो ।

कीरा, चिलेसो हटाउने उपाय

  • किचनमा तेजपत्ता राखेमा कीराहरू आउँदैनन् ।
  • दालहरूमा कीरा नलागोस् भन्न रातो पाकेको खुर्सानी दुईवटा र तेजपत्ता राख्न सकिन्छ ।
  • दाल वा चामलमा नीमका पात राख्दा कीरा, चिलेसो पर्दैनन् ।
  • चिनीमा कमिला नलागोस् भन्न ल्वाङ र अलैंची राखिदिने गर्नुपर्दछ ।
  • सुजीमा चुलेंसी नपरोस् भन्न छानेर केहीबेर तावामा तताएर हावा नछिर्ने भाँडामा राख्नुपर्दछ ।

चर्को र बिल्नु मिलाउने उपाय

  • तरकारीमा नुन धेरै भएमा गहुँको आटाको स-साना डल्ला बनाएर चर्कोपनका आधारमा मिसाई ४-५ मिनेट पकाएर ठीक पार्न सकिन्छ ।
  • तरकारीमा खुर्सानी बढी भएमा २ चम्चा मैदालाई दुईचम्चा तेल वा घिउमा खैरो होउञ्जेल भुटेर मिसाउन सकिन्छ ।
  • रसरहित सुख्खा तरकारीको हकमा नुन बढी भएमा गोलभेंडाको लेदोमा उसिनेको आलु फ्राई गरेर मिसाउन सकिन्छ भने पीरो पनि बढी भएमा त्यसमा तररक्रिम मिसाएर पकाई मिलाउनुपर्दछ । क्रिम नभए दही र दही पनि नभए सामान्य कागतीको रस मिसाएर पनि चर्को-पीरो घटाउन सकिन्छ ।

दही जमाउने सरल तरिका

दूधमा तर नलाग्ने गरी चलाई-चलाई उमालेर चलाउँदै मनतातो बनाउने र एक डाडु दूधमा एक चम्चा जति जोरनरदही घोलेर दूधमा मिलाई चलाइदिने अनि एउटा भाँडोमा (दही नै जमाएका प्लाष्टिकका कपमा ढकनीसहित) राखेर फ्रिजको स्टेविलाइजर माथि वा आटाभित्र वा कुकरमा पानी उमाली त्यसैमा राखेर जमाउन सजिलो हुन्छ ।

तरकारी र फलफूल
लेखक
तिलक पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

चिकित्सक न त व्यापारी हो, न त भगवान्

चिकित्सक न त व्यापारी हो, न त भगवान्

‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखानमा कति सत्यता छ ?

‘दिनमा एक स्याउ खानुहोस्, डाक्टरबाट टाढा रहनुहोस्’ भन्ने उखानमा कति सत्यता छ ?

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक

वर्षायामसँगै सताउन थाल्यो ‘नैरोबी फ्लाई’ले, सावधानी आवश्यक