+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जब चोर आयो भन्दै कराएका व्यक्तिले आत्महत्या गरे…

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १६:२५

९ पुस, काठमाडौं । शुक्रबार बिहान ५ बजेतिर कपनमा ‘चोर आयो, चोर आयो’ भन्दै एक व्यक्ति कराएपछि छिमेकमा हुनेहरु दौडिएर बाटोतिर निस्किए । कराउने व्यक्ति आफैं एक घर अगाडि बसिरहेका थिए ।

मान्छे जम्मा हुन थालेपछि उनी आफैंले ‘म चोर होइन’ भन्दै सामुन्नेमा रहेको पक्की घरबाट माथि उक्लिए । ‘बरण्डामा पुग्ने वित्तिकै उनले आफूलाई बिजुलीको कालो तारमा पासो लगाए’ महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी डुण्डिराज न्यौपाने भन्छन्, ‘त्यो देखेर केही मानिसहरु उनलाई तान्न पनि गएका रहेछन्, तर उनको मृत्यु भइसकेको थियो ।’

चोर आयो भन्दै कराउने व्यक्ति आफैं झुण्डिन गएपछि केही स्थानीयले मोबाइलमा भिडियो पनि बनाएका थिए । भिडियोमा उनी मानिसहरु जम्मा हुने वित्तिकै तारमा झुण्डिएको देखिन्छ । डीएसपी न्यौपाने भन्छन्, ‘भिडियोमा पनि उनी आफैं गएर झुण्डिएको देखिन्छ, कारणबारे अनुसन्धान भइरहेको छ ।’

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ का प्रकाश अधिकारी बूढानिलकण्ठ–११ मा बस्दै आएका थिए । उनी मजदुरी गरेर गुजारा चलाउँथे ।

प्रहरी प्रभाग, कपनका एक प्रहरीका अनुसार उनले नियमित मादक पदार्थ सेवन गर्ने गरेको पनि देखिएको छ । ‘मादक पदार्थको लत नै लागेको जस्तो देखिन्छ, तर पछिल्लो केही दिनदेखि उनले नखाएको भन्ने खुलेको छ,’ उनले भने, ‘बिहीबार पनि उनी राति उठेर बरबराएका थिए, आज मृत भेटिए ।’

प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महराजगञ्ज पठाएको डीएसपी न्यौपाने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?