+
+

भारतका बालबालिकालाई ३ जनवरीदेखि कोरोना खोप, स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकलाई बुस्टर डोज

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते ८:१९

११ पुस, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १५ देखि १८ वर्ष उमेर समूहलाई कोरोना भाइरसविरुद्धको खोप दिने घोषणा गरेका छन् । यो समूहलाई नयाँ वर्ष २०२२ को जनवरी तीन तारिखदेखि खोप दिइने मोदीले बताए । मोदीले स्वास्थ्यकर्मी र ६० वर्ष माथिको समूहलाई पनि बुस्टर डोज दिने घोषणासमेत गरेका छन् ।

शनिबार राति राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले सो घोषणा गरेका हुन् । मोदीले भनेका छन्, ‘१५ देखि १८ वर्ष उमेरका जो बालबालिकाहरु छन्, अब उनीहरुका लागि भारतमा खोप अभियान सुरु हुने छ । सन् २०२२ को जनवरी ३, सोमबारदेखि यसको सुरुवात हुने छ ।’

उनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट आतंकित नहुन आग्रह गर्दै सावधान र सतर्क रहन आह्वान गरे ।

भारतले यसै वर्षको १६ जनवरीदेखि आफ्ना नागरिकहरुलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरेको थियो । मोदीले भारतीय नागरिकहरुलाई १४१ डोज खोप दिएर कठिन लक्ष्य पार गरेको पनि बताए ।

उनका अनुसार भारतको वयस्क जनसंख्यामध्ये ६१ प्रतिशतभन्दा धेरैले कोरोनाविरुद्धको खोपको पूरा मात्रा लगाइसकेका छन् । वयस्क जनसंख्याको ९० प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा लगाइसकेको जानकारी पनि उनले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?