+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जुवाडेको साढे २ करोडको चेक प्रहरीले आरोपीलाई नै फिर्ता गरेको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १३ गते २०:५१

१३ पुस, काठमाडौं । जुवाडेबाट बरामद चेक प्रहरीले आरोपीलाई नै फिर्ता गरेको आरोप लागेको छ । गत २२ असोजमा बानेश्वरको संसद भवन पछाडिबाट ‘हराएको भनिएको’ ७ वटा चेक प्रहरीले चुपचाप आरोपी भनिएकै व्यक्तिलाई फिर्ता गरेको आरोप लागेको हो ।

आफ्नो चेक अर्कै व्यक्तिसम्म पुगेको थाहा पाएपछि बिजुलीबजारका राजकुमार बरालले गृहमन्त्रालयमा उजुरी दिएका छन् । मन्त्रालयबाट छानविन गर्न भन्दै पत्र आएपछि छानविन थालिएको केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवर बताउँछन् । उनी भन्छन्, ‘यो सम्बन्धमा के भएको हो, बुझ्न विशेष टोलीले काम गरिरहेको छ ।’

बरालले दिएको उजुरीमा उल्लेख भएअनुसार उनी जुवाखालमा बसेका बेला सुवास भेटवाललगायतले बैंक अफ काठमाडौंको चेक लगेका थिए । ‘भेटवालले मलाई समेत रक्सी खान जबर्जस्ती प्रेसर गरी रक्सी खान दिई जबरजस्ती प्रेसर गरी रक्सी खान दिई मलाई जबरजस्ती तास खेल्न दबाब दिन थाले’ उजुरीमा भनिएको छ, ‘त्यो दिन मसँग साथमा चेक बुक पनि थियो, बिहान मदिराले छोडेपछि घर गएर सुतेको थिएँ, उठेर हेर्दा खाली चेक चोरी भएको रहेछ ।’

यसपछि उनले चेक हराएको भन्दै खोजीका लागि प्रहरी वृत्त, बानेश्वर र काठमाडौं प्रहरी परिसर, टेकुमा पनि उजुरी दिएका थिए । बैंकमा पनि चेक हराएको भन्दै निवेदन पर्‍यो । त्यसपछि काठमाडौंका तत्कालीन एसएसपी अशोक सिंह र मुद्दा शाखाका डीएसपी नरेन्द्र चन्दले भेटवाललाई बोलाएर २ करोड २९ लाख रुपैयाँ बराबरको चेक बरामद गरेको बरालले बताएका छन् ।

‘एसएसपी सा’बले परीक्षणका लागि भन्दै अर्को हस्ताक्षर लिनुभयो, मलाई पठाउनु भयो’ उनले भनेका छन्, ‘दशैंपछि मलाई जुवामा मुद्दा चलाउँछु भन्दै उल्टै धम्की दिन थालियो, चेक भेटवाललाई नै फिर्ता दिनुभयो ।’ बरालले एसएसपी सिंहले सरुवा भएर जाने वेला भेटवाललाई चेक दिँदा आफू मर्कामा परेको बताएका छन् ।

तर एसएसपी सिंहले चाहिँ बरालले सहमतिमै चेक दिएको देखिएकाले फिर्ता गरिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘सहमतिमै चेक दिएको देखिने आधार भएकाले फिर्ता दिइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?