
१५ पुस, काठमाडौं । अभिनेत्री नीता ढुंगानाले नयाँ चलचित्रमा काम गर्ने भएकी छन् । उनले रवि अर्यालको निर्देशनमा बन्न लागेको चलचित्रमा काम गर्न लागेकी हुन् । चलचित्रको नाम भने फाइनल भइसकेको छैन ।
निर्देशक अर्यालले चलचित्रको शीर्षक दर्ता हुन बाँकी रहेको बताए । ‘टाइटलसँगै अन्य कलाकारहरु पनि फाइनल हुन बाँकी छ । अहिलेसम्म नीतालाई मात्र अनुबन्ध गरिएको हो,’ उनले भने, ‘टाइटलसँगै कलाकारहरु फाइनल गरेपछि छिट्टै प्रेसमिट गरेर सम्पूर्ण जानकारी दिनेछौं ।’
अर्यालले यसअघि चलचित्र ‘डाक्टर खाते’ निर्देशन गरेका थिए । जुन चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो । अनुबन्ध भएसँगै अभिनेत्री नीताले आफू मनछुने कथामा अभिनय गर्न गइरहेको बताएकी छन् । ‘मनछुने कथामा अभिनय गर्न गइरहेकी छु । मन खुसी भएको छ र मलाई विश्वास गरेर जुन चरित्र मलाई दिनुभएको छ । यसमा मैले न्याय गर्ने कोशिश गर्नेछु,’ उनले फेसबुकमा लेखेकी छन् ।
प्रतिक्रिया 4