+
+

राजेशपायलमाथि अमेरिकामा भएको दुर्व्यवहारको कलाकारहरुद्वारा भर्त्सना

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते ११:०५

१८ पुस, काठमाडौं । गायक राजेशपायल राईमाथि अमेरिकामा भएको अभद्र व्यवहारको अमेरिकामा रहेका कलाकारहरुले निन्दा गरेका छन् । गायक राईमाथि शुक्रबार न्युुयोर्कमा एक सांगीतिक कार्यक्रमका क्रममा पासाङ दावा शेर्पा नाम गरेका व्यक्तिले अभद्र व्यवहार गरेका थिए ।

अमेरिकामा रहेका कलाकारहरुले दोषीलाई कारबाहीको दायरामा ल्याउन जोडदार माग समेत गरेका छन् । स्टेजमा गीत गाइरहेको समयमा राजेशपायलमाथि शेर्पाले हातपात गरेका थिए । उनको घाँटी निमोठ्दै उनीमाथि स्टेजमा शेर्पाले दुर्व्यवहार गरेका थिए ।

आयोजकले घटना सामान्य भएको भन्दै ढाकछोप गर्न खोजेको विषयलाई समेत अमेरिकामा रहेका कलाकारहरुले भर्त्सना गरेका छन् ।

नेपाली सांगीतिक क्षेत्रका चर्चित हस्तीहरुले समेत गायक राईमाथि भएको दुर्व्यवहारको कडा शब्दमा निन्दा गरेका छन् ।

यस्तै, गायिका निशा सुनार अध्यक्ष रहेको नेपाली अमेरिकन कलाकार संघले पनि गायक राईमाथि भएको आक्रमणको भर्त्सना गरेको छ । उनीहरुले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?