+
+

भौतिक मन्त्रालयकै प्रवेशद्वारमा खाल्डोको राज

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २० गते १६:३६
Photo Credit : आशिका तामाङ

२० पुस, काठमाडौं । बुटवलको राजमार्ग चौराहचोकदेखि गोलपार्कको चिडियाचौकीसम्म सडकको दुरावस्था वयान गरी साध्य छैन । विस्तारको ठेक्का लागेर सयममै काम नभएपछि बुटवल बजारभित्रको मुख्य सडकको बेहाल छ । यसका कारण बुटवलमा मन्त्रालयकै प्रवेशद्वारमा खाल्डोको राज छ ।

वर्षायाममा हिलाम्मे भएको सडकमा अहिले धलोको सम्राज्य  खडा भएको छ । सडकको दुर्दशाले बुटवलबासीलाई मात्रै सताएको छैन, बुटवलका विकासे मन्त्रालयहरु भौतिक पूर्वाधार विकास मन्त्रालय र पर्यटन मन्त्रालयसहित अख्तियार दुरुपयेाग अनुसन्धान आयोगकै कार्यालयहरु पनि सडक विस्तारमा भएको ढिलाइका कारण समस्यामा छन् । छिटो निर्माणको लागि पहल गर्नुपर्ने निकायहरुकै अघि सडकमा ठूला-ठूला खाल्डा छन् ।

६ लेनको बनाउने २०७४ साल चैतमा ठेक्का लागेको थियो । शुरुमा अदालतमा पुगेको मुद्दाका कारण सडक निर्माणको काम अल्झिएको थियो । पुस २०७७मा अदालतले घर भत्काएर सडक विस्तार गर्न बाटो खोलिदिएको थियो ।

तर, त्यसपछि  पनि ठेकेदार कम्पनी द कञ्चनजंगा बिरूवा जेभी ले कामको गति बढाएन । यसका कारण अहिले बुटवलको मुख्य क्षेत्रकै सडकको बेहाल भएको छ । विभिन्न अस्पतालहरु समेत रहेको यो सडक खण्डमा बिरामी भएर जाने मात्रै हैन, स्थानीय रुपमा व्यवसाय गर्नेहरु पनि धुलो हिलोको समस्याले ग्रस्त छन् ।

असोज २०७६मै सकिनुपर्ने काम अझै पनि अधुरै छ । कम्पनीले अझै एक वर्ष समय लाग्ने बताउँदै आएको सडक विभागका अधिकारीहरु बताउँछन् । करिब ४८ करोडमा ठेक्का लागेको यो सडक सयममै काम नभएपछि सडकखण्डमा हेक्का विकासे मन्त्रालयहरु पनि प्रभावित छन् ।

सडक खण्डमै पर्ने लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअघिको सडकमा पानी जमेको तस्वीर हिजोआज समाजिक सञ्जालमा भाइरल छ । पूर्वाधार विकास आफैं प्रदेशमा सडक निर्माणको जिम्मा लिएर बसेको मन्त्रालय हो ।

मन्त्रालयका सचिव अमृत श्रेष्ठ सडक विभागले यो सडक खण्ड विस्तारको काम गरिरहेकाले आफूहरुको कार्यक्षेत्र नपर्ने बताउँछन् । ‘निर्माण कम्पनीले अहिले नाला बनाइरहेको छ, निर्माणको क्रममा रहेकाले सडकको अवस्था राम्रो छैन,’ उनले भने,’कसैले निर्माणाधीन सडकबाट मन्त्रालय देखिने गरी फोटो हाल्नुभयो होला ।’ उनका अनुसार मन्त्रालय गेटअघिको भागमा नालाको काम हुन बाँकी छ ।

उनले घर भत्काएर सडक विस्तार गर्ने काम सहज नभएकाले केही ढिलाइ भएको बताए । अब विस्तारको काम अघि बढेकाले केही समयमै समस्या हल हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?