+

च्यासलका दुई खेलाडीलाई कोरोना संक्रमण

२०७८ पुष  २९ गते १५:२१ २०७८ पुष २९ गते १५:२१
च्यासलका दुई खेलाडीलाई कोरोना संक्रमण

२९ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग खेलिरहेको च्यासल युथ क्लबका दुई खेलाडीलाई कोरोना संक्रमण भएकाे छ ।

च्यासलका डिफेन्डर कमल श्रेष्ठ र गोलरक्षक प्रदीप भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएकाे बिहीबार भएकाे प्रि म्याच कन्फ्रेन्समा च्यासलका सहायक प्रशिक्षक आशिक थापा मगरले बताए । ‘कोरोना परिक्षण गर्दा दुई जनामा पाेजिटिभ देखियाे । दुवैले आगामी खेल गुमाउनेछन्,’ प्रशिक्षक मगरले भने ।

कमल र प्रदीप दुवैलाई कोरोना पोजेटिभ देखिएपछि उनीहरूले लिगका खेलहरू गुमाउने भएका हुन् । लिगमा आठ चरणको खेलको समाप्तिमा च्यासल रेलिगेशन जाेनमा छ । च्यनसले ८ खेलबाट जम्मा ५ अंकसहित १३औं स्थानमा छ ।

यस्तै, जावलाखेलका प्रशिक्षक किशोर केसीले रुघाखोकी कारण बिहीबार १४ खेलाडी मात्र प्रशिक्षणमा उपस्थित भएकाे बताए ।
लिगको नवौं चरण शुक्रबारदेखि सुरू हुँदैछ । च्यासलले आईतबार नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

कोरोना च्यासल फुटबल शहीद स्मारक ए डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय