+
+

केएमसीको शुल्क विवादमा शिक्षामन्त्रीले भोलि बोलाए बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २९ गते २०:२३

२९ पुस, काठमाडौं । काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको गुनासोबारे बुझ्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बिहीबार सिनामंगलस्थित कलेजको कार्यालय पुगेका छन् ।

कलेजले चिकित्सा शिक्षा आयोगले भन्दा अत्यधिक बढी शुल्क मागेको भन्दै विद्यार्थीहरु ४० दिनदेखि आन्दोलनमा छन् भने १० दिनदेखि विद्यार्थीले रिले अनशन सुरु गरेका छन् ।

विद्यार्थी रिले अनसन बसेको स्थानमा पुगेर मन्त्री पौडेलले विद्यार्थीलाई अतिरिक्त शुल्क लिएको विवरणसहित शुक्रबार मन्त्रालयमा बोलाएका छन् । उनले विद्यार्थीलाई भने, ‘भोलि प्रमाणसहित एक जना आउनुस् सरकारले तोकेको भन्दा बढी शुल्क लिएको प्रमाण पुष्टि भए कारबाही हुन्छ ।’ मन्त्री पौडेलले कलेज प्रशासनलाई पनि शुक्रबार मन्त्रालयमा बोलाएका छन् ।

मन्त्री पौडेल गत बिहीबार पनि कलेज र विद्यार्थीबीचको विवाद बुझ्न भक्तपुरको दुवाकोट स्थित केएमसीको मेडिकल कलेजमा पुगेका थिए । उनले त्यसबेला पनि तत्काल यो विवाद समाधान गर्न कलेजलाई आग्रह गरेका थिए । विद्यार्थीको समस्या समाधान गर्न कलेजले तदारुकता नदेखाएपछि आज कलेजको प्रशासन कार्यलयमा पुगेका हुन् ।

मन्त्री पौडेलले शुक्रबार विहान ११ बजे मन्त्रालयमा चिकित्सा शिक्षा आयोग, काठमाडौं मेडिकल कलेज, र विद्यार्थीलाई छलफलका लागि बोलाएका छन् ।

कलेजले एमबीबीएस, बीडीएस र बीएनएसमा नोबेल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्कको नाममा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?