+
+

भाइबरको अध्ययन : २०२१मा कसरी मेसेज, कल र एप प्रयोग गर्दै थिए नेपालीहरू ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ३ गते २२:०५

नेपालीहरूले २०२१ मा कसरी मेसेज, कल र एप प्रयोग गरिरहेका थिए भन्ने कुरा भाइबरले सार्वजनिक गरेको छ। राकुटेन भाइबरले आफ्ना प्रोडक्टहरू र नयाँ फिचरहरू जस्तैः एआर लेन्स क्रमशः प्रमुख बजारहरूमा रोल आउट र लन्च गरेपश्चात २०२१ मा भाइबर प्रयोगबारे गरिएको अनुसन्धानको नतिजा सार्वजनिक गरेको हो।

नेपालमा वर्षभरि नै ग्रुप च्याट र कम्युनिटीहरू प्रयोगकर्ता माझ लोकप्रिय रह्यो। कम्युनिटी फिचरहरूमा ३९% को उल्लेख्निय वृद्धि भएको थियो जुन “प्रमिसिङ पार्टनरसीप”, सहकार्य र फिचर फङ्सनालिटी सान्दर्भिकताको नतिजा हो। त्यसैगरी, दोस्रो स्थानमा ग्रुप च्याट सिर्जना गर्नेहरू रहेका छन् – थप ग्रुप फङसन् र मेसेज आदानप्रदानको साथ ३८% को वृद्धि भएको छ। ग्रुप च्याटमा मेसेजिंग गर्नेको संख्या २६% ले बढ्यो किनभने धेरै क्षेत्रहरूले यसको सुविधाहरू अधिकतम रूपमा प्रयोग गरे।”वान-टु-वान” मेसेजिंग जुन प्लेटफर्मको मुख्य विशेषता हो, गत वर्षको तुलनामा १८% ले बढेको छ।

भाइबर कम्युनिटीहरूले महामारीको विषम समयमा नेपालमा सूचना प्रवाह र प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए। महामारी र पोस्ट-महामारीको समयमा नेपाली जनताले मुख्यतयाः आफ्नो “ग्रुप च्याट” र कम्युनिटी गठन गरे र सबैसँग एकैचोटि सूचनाहरू आदान प्रदान गरेका थिए। “नेपाल अनलाइन स्कूल”, “एमओएच्पी”, “मिम् नेपाल” र “रुटीन अफ नेपाल बन्द” जस्ता भाइबर कम्युनिटीमा सबैभन्दा सर्वाधिक सङ्ख्यामा कम्युनिटी सदस्यहरू छन्।

भाइबरले साझा गरेको अर्को महत्वपूर्ण उपलब्धी भनेको भाइबर लेन्सको तथ्याङ्क हो, जुन, गत जुन २०२१ मा विश्वव्यापी रूपमा र नेपालमा गत सेप्टेम्बर २०२१ मा सुरु गरिएको थियो। जुनमा विश्वव्यापी लन्चको पहिलो लहर पछि, ७.३ मिलियनभन्दा बढी प्रयोगकर्ताहरूले तस्बिर, भिडियो, वा “जिफ” जस्ता मिडियाका लागि लेन्सहरू प्रयोग गरेका छन्। ५.६ मिलियनभन्दा बढी प्रयोगकर्ताहरूले एपमा ५१.८ मिलियनभन्दा बढी तस्बिरहरू खिचेका छन्।

“जुनबेला प्यान्डेमिकले गर्दा मान्छेहरूको एक अर्कासितको भेटघाट एकदम न्यून भएको थियो, त्यस्तो बिषम परिस्थितिको बेला डिजिटल वार्तालापलाई जीवन्त बनाउन भाइबरले हात अघि बढायो,” भाइबरका लागि चीफ ग्रोथ अफिसर आना ज्नामेनस्काया भन्छिन्। ज्नामेनस्काया थप्छिन, “मानिसहरू एक अर्काको सम्पर्कमा रहिरहनका लागि रमाइलो तरिकाहरू खोजिरहेका छन्, चाहे त्यो लेन्स प्रयोग गर्दा कसैलाई बोलाउनका लागि होस् जसले उनीहरूलाई बाघजस्तो देखाउछ अथवा उनीहरूलाई मनपर्ने ब्राण्डहरूका लागि समर्थन देखाएर होस्।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?