+

कोरोना भाइरस, रुघा, फ्लु र मौसमी एलर्जीका लक्षणमा के फरक हुन्छ ?

२०७८ माघ  ५ गते १३:२९ २०७८ माघ ५ गते १३:२९
कोरोना भाइरस, रुघा, फ्लु र मौसमी एलर्जीका लक्षणमा के फरक हुन्छ ?

५ माघ, काठमाडौं । कोरोना भाइरसका कारण अहिले विश्व नै आक्रान्त बनेको छ । रुघा, खोकी लाग्नु, ज्वरो आउनु र शरीर दुख्नु कोरोना भाइरसको ओमिक्रोन भेरियण्टका सामान्य  लक्षण हुन् । तर, यस्तो मौसमी फ्लुका कारण पनि हुने चिकित्सकहरु बताउँछन् ।

मौसमी फ्लु र कोरोना भाइरस ओमिक्रोनका एकै प्रकृतिका लक्षण हुँदा कुन मौसमी फ्लु र कुन कोरोना हो भनेर सर्वसाधारणले छुट्याउन सकिरहेका छैनन् । यस्तोमा मौसमी फ्लु र कोरोना भाइरसका लक्षणहरुबीच अन्तर थाहा पाउनु आवश्यक हुन्छ ।

कामिनेनी अस्पताल भारत हैदराबादका पल्मोनरीविज्ञ  वरिष्ठ डाक्टर एम रवीन्द्रनाथ कोरोना भाइरस संक्रमणका लक्षण देखिए तुरुन्त स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्ने तर, मौसमी फ्लु भने आफैं ठीक हुने बताउँछन् । यसका लागि उनले मौसमी फ्लु र कोरोना भाइरसका लक्षणबारे केही बताएका छन् ।

कोरोना भाइरस

कोरोना भाइरस एक प्रकारको संक्रमक रोग हो । यो सार्स कोभिड–२ भाइरसको संक्रमणबाट हुन्छ । यसको ओमिक्रोन भृरियण्ट नजिक रहेकाहरुमा सर्ने गर्छ । यो श्वासप्रश्वास, हाछ्युँ, थुकका छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । कोरोना संक्रमित व्यक्ति वा वस्तु छोएपछि आँखा, नाक वा मुखको माध्यमबाट भाइरसको संक्रमण फैलिन्छ ।

कोरोना भाइरसका लक्षण

कोरोना संक्रमित व्यक्तिमा विभिन्न किसिमका लक्षण देखा पर्दछन् । खोकी, ज्वरो तथा थकान कोरोना भाइरसका सामान्य लक्षण हुन् भने यसका साथै संक्रमितलाई रुघा लाग्ने, शरीर दुख्ने र छालाको रंगमा परिवर्तन आउने पनि लक्षण देखिन्छन् ।

कोरोना संक्रमणबाट बच्न के गर्ने ?

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विश्वभर खोप लगाउने कामलाई तीव्रता दिइएको छ । खोपले भाइरसको संक्रमण हुन सक्ने सम्भावनालाई कम गर्ने गर्दछ । यद्यपि, खोप लगाएकाहरुमा पनि संक्रमण भएको पाइएपनि असर भने कम देखिएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट बच्न भौतिक दूरी कायम गर्ने, साबुन पानीले राम्ररी हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, घरबाट बाहिर निस्किँदा मास्कको अनिवार्य प्रयोग गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि सन्तुलित र स्वस्थ खाना खाने, भिटामिन सी र प्रोटिन खाने गर्नुपर्दछ ।

ओमिक्रोन भेरियण्टका लक्षण

ज्वरो आउनु, शरीर दुख्नु र फ्लुको समस्या नै ओमिक्रोनका सामान्य लक्षण हुन् । यसका साथै राति चिटचिट पसिना आउनु, नङ निलो हुनु, घाँटी खसखसाउनु पनि ओमिक्रोनका लक्षण हुन् ।

सामान्य रुघा

कोरोना भाइरस र सामान्य रुघा दुवै भाइरसको संक्रमणबाट हुन्छन् । कोरोना भाइरस सार्स कोभ–२ का कारण हुन्छ भने सामान्य रुघा राइनो भाइरसका कारण हुन्छ ।

यी दुवैको फैलिने तरिका एउटै भएपनि लक्षणमा भने केही अन्तर हुन्छ । रुघा लाग्दा खोकीका साथै खकार निस्किँने, घाँटी खसखस गर्ने र नाकबाट पानी बग्ने जस्ता लक्षण देखा पर्दछन् ।

मौसमी एलर्जी

मौसमी एलर्जी भाइरसका कारण हुँदैन । मौसमी एलर्जी प्रतिरक्षा प्रणालीको प्रतिक्रिया हो, जुन एलर्जीको सम्पर्कमा आएपछि देखा पर्छ । जस्तो, मौसमी बिरुवा वा घाँस ।

नाक, मुख, र कान चिलाउनु, हाछ्युँ आउनु र नाकबाट पानी बग्नु मौसमी एलर्जीका लक्षण हुन् ।

फ्लु

फ्लु पनि भाइरसको संक्रमणबाट हुन्छ । फ्लु इन्फ्लुइन्जा ए र बी का कारण हुन्छ । यी दुवैको भाइरस फैलिने तरिका एउटै किसिमको हुन्छ । खोकी, शरीर तथा जोर्नीहरु दुख्नु, थकान महसुस हुनु, घाँटी खसखसाउनु, नाकबाट पानी बग्नु र श्वासप्रश्वासमा समस्या आउनु फ्लुका लक्षण हुन् ।

कोरोना भाइरस, रुघा, फ्लु र मौसमी एलर्जीका लक्षणमा अन्तर

खोकी : कोरोना भाइरसको संक्रमण हुँदा सुख्खा खोकी लाग्छ । तर रुघा फ्लुमा खोकी लाग्दा खकार आउँछ । मौसमी एलर्जी हुँदा पनि कहिलेकाहीं खोकी लाग्छ ।

मांसपेशीको दुखाइ र थकान : कोरोना भाइरसको संक्रमण र फ्लुमा मांसपेशी  दुख्नुका साथै थकाइ लाग्छ । तर, रुघामा मांसपेशी कहिलेकाहीं मात्रै दुख्छ । मौसमी एलर्जी हुँदा भने थकाइ लाग्ने भएपनि मांसपेशी दुख्दैन ।

ज्वरो आउनु : कोरोना भाइरसको संक्रमण हुँदा ज्वरो आउँछ, तर मौसमी एलर्जीमा ज्वरो आउँदैन । रुघा तथा फ्लु लाग्दा भने कहिलेकाहीं ज्वरो आउन सक्छ ।

घाँटी खसखसाउनु : कोरोना भाइरस र रुघा लाग्दा घाँटी खसखसाउने, नाकबाट पानी बग्ने र हाछ्युँ आउने जस्ता लक्षण देखिन्छन् । तर मौसमी एलर्जी तथा फ्लुमा हाछ्युँ आउने र नाकबाट पानी बग्ने समस्या देखिन्छ ।

झाडापखाला र बान्ता : कोरोना भाइरसको संक्रमण हुदा कहिलेकाहीं झाडापखाला र बान्ताका साथै ज्वरो आउँछ । तर, रुघा तथा मौसमी एलर्जी हुँदा झाडापखाला र बान्ता हुँदैन । फ्लुमा बालबालिकामा भने यो लक्षण देखिन्छ ।

यसका साथै कोरोना संक्रमितले वास्ना सुँघ्न सक्दैनन् भने खानाको स्वाद समेत थाहा नपाउन सक्छन् । तर, मौसमी एलर्जी र रुघामा भने सुँघ्न सक्ने क्षमता र खानाको स्वाद हराउँदैन ।

एजेन्सीकाे सहयोगमा

कोरोना भाइरस फ्लु
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?