
६ माघ, धनगढी । कैलाली प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनगढी उप-महानगरपालिका-२ ट्राफिक चोक मा मोबाईल ग्यालरी सञ्चालन गरिरहेका ३० वर्षीय दोर्णबहादुर रावल, धनगढी उपमहानगरपालिका-२ का २९ वर्षीय टेक विष्ट र ४ का ३० वर्षीय मनिष मण्डल रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट विशेष सूचनाका आधारमा सादा पोशाकमा खटिएको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये भण्डारीको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोईन बरामद गरेर तीनै जनालाई नियन्त्रणमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4