+
+

टोँगा सामुद्रिक ज्वालामुखी : विश्वसामू नयाँ प्राकृतिक चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १७:५६

१२ माघ, काठमाडौं । प्रशान्त महासागरीय टापु राष्ट्र टोँगामा गत जनवरी १५ मा भएको सामुद्रिक ज्वालामुखी विस्फोट यतिधेरै हिंश्रक थियो कि त्यसले सुनामीसँगै टोँगालाई तहसनहस मात्र पारेन झण्डै आधा विश्वमा कम्पनको तरंग फैलाइदियो ।

टोँगा द्धिप समूहमा मानव बसोबास नभएका होंगा हापाइ र होंगा टोंगा नामका दुईवटा साना टापु छन् । ती टापुहरु टोँगाको राजधानी नुकु आलोफाबाट ६५ किलोमिटर उत्तरमा समुद्री सतहबाट करीब १ सय मिटरको उचाइँमा अवस्थित छन् । तर नजिकै समुद्रभित्र एउटा विशाल ज्वालामुखी पहाड छ, जुन झण्डै १८०० मिटर अग्लो र २० किलोमिटर चौडा छ । जसको नाम हो होंगा टोंगा, होंगा हापाई ।

यो दक्षिण प्रशान्तमा रहेको एक समुद्रभित्रको ज्वालामुखी हो जुन फोनुआफोउको ज्वालामुखी भन्दा करीब ३० किलोमिटर दक्षिणमा छ र टोँगाको मूख्य द्धिप टोँगाटापुभन्दा ६५ किलोमिटर उत्तरमा रहेको छ ।

यो अत्यधिक सक्रिय केर्माडेक टोँगा सबडक्सन जोन र यससँग जोडिएको ज्वालामुखी चाँपको हिस्सा हो जुन न्युजिल्याण्डको उत्तर पूर्व देखि फिजीसम्म फैलिएको छ र इण्डो अष्ट्रेलियाली प्लेटको रुपमा प्यासिफिक प्लेटको थिचाईबाट बनेको छ । यो एक उच्च सक्रिय भूकम्पीय क्षेत्रबाट करीब १ सय किलोमिटर माथि छ ।

टोँगामा ज्वालामुखी विस्फोट यतिधेरै हिंश्रक किन थियो र आगामी दिनमा के हुनेछ ?

टापु मुलुक टोँगातर्फ विश्वको ध्यान खासै जाँदैन अन्यबेला । तर गत जनवरी १५ को ज्वालामुखी विस्फोटपछि विश्वको ध्यान टोँगातर्फ आकृष्ट भएको छ ।

पछिल्लो केही दशकमा होँगा टोँगा होंँगा हापाई ज्वालामुखी नियमित रुपमा विस्फोट भैरहेको छ । सन् २००९ र सन् २०१४, १५ का बेला पनि ज्वालामुखी विस्फोट भएको थियो । तर त्यतिबेलाको विस्फोट सामान्य थियो । गत जनवरी १५ को विस्फोट निकै भयानक थियो ।

विज्ञहरुका अनुसार हालैको टोँगाको ज्वालामुखी विस्फोट त्यस्तो ठूलो विस्फोटमध्येको एक हो जुन हरेक एक हजार वर्षमा पैदा हुन्छ ।

ज्वालामुखीको विस्फोट यतिधेरै विस्फोटक किन हुन्छ ? समुद्रको पानीले म्याग्मालाई चिस्याउने हुँदा समेत किन सामुद्रिक ज्वालामुखी त्यति धेरै हिंश्रक हुन्छ ?

यदि म्याग्मा लगभग १२०० डिग्री सेल्सियसको तापमानमा समुद्रको पानीमा विस्तारै निस्कियो भने म्याग्मा र पानीको बीचमा वाफको एक पातलो तह बन्दछ । यसले म्याग्माको बाहिरी सतहलाई चिस्याउनका लागि इन्सुलेसनको पत्रको का मगर्दछ । तर यो प्रक्रियाले त्यसबेला काम गर्दैन जब ज्वालामुखी ग्यासले भरिएको जमिनबाट म्याग्मा विस्फोट हुन्छ । जब म्याग्मा तिव्र गतिमा पानीमा प्रवेश गर्दछ वाफको कुनैपनि इन्सुलेसन पत्र तयार हुन पाउँदैन जसबाट तातो म्याग्मा चिसो पानीको सिधा सम्पर्कमा आउँदछ ।

ज्वालामुखी शोधकर्ताहरु यो प्रक्रियालाई इन्धन चिस्यान सम्पर्क नामाकरण गरेका छन् र यो घातक रासायनिक हतियारको विस्फोट समान हुन्छ । अत्यधिक हिंश्रक विस्फोटले म्याग्मालाई अलग गरिदिन्छ र एक श्रृंखला प्रतिक्रिया सुरु हुन्छ ।

नयाँ म्याग्माका टुक्राले पानीमा तातो आन्तरिक सतह उजार गर्दछन् र नयाँ विस्फोट दोहोरिन्छ । जसका कारण ज्वालामुखी कणहरु बाहिर निस्किन्छन् र सुपरसोनिक गतिको साथ विस्फोट हुन्छन् ।

किसी ज्वालामुखी की 'पल्स' का इस्तेमाल उसके अगले विस्फोट का अनुमान लगाने में किया जा सकता है।

शोधकर्ताहरुले सन् २०१६ मा गरेको अध्ययनका क्रममा यस्ता भयानक ज्वालामुखी विस्फोटहरुले विभिन्न रहस्यको पर्दा उघार्ने गरेको पत्ता लगाएका थिए । समुद्र सतहको नक्सा तयार गर्दै शोधकर्ताहरुले समुद्री लहरको डेढ सय मिटर तल लुकेको काल्डेराको खोजी गरे ।

समुद्री पिँधको एक नक्साले ज्वालामुखी शंकु र विशाल काल्डेरा देखाउँदछ । काल्डेरा करीब ५ किमी भन्दा ठूलो एक खाडल जस्तो क्षेत्र हो । स साना विस्फोटहरु मूख्य रुपमा यस्तै काल्डेराको किनारामा हुन्छन् तर ठूला विस्फोटहरु काल्डेरा भित्रैबाट आउँदछन् ।

ठूला ज्वालामुखी विस्फोटहरु यतिधेरै विशाल हुन्छन् कि प्रस्फुटित म्याग्नाको अघिल्लो क्षेत्र उल्टै भित्रैतर्फ छिर्दछ र काल्डेरालाई झनै गहिरो बनाउँदछ । छोटा विस्फोटहरुले एक ठूलो विस्फोटको तयारीका लागि विस्तारै आफैलाई रिचार्ज गर्ने म्याग्मा प्रणालीको प्रतिनिधित्व गर्ने शोधकर्ताहरुको ठम्याई छ ।

वैज्ञानिकहरुका अनुसार टोँगाटापुको सबैभन्दा ठूलो द्धिपमा रहेको ज्वालामुखी खरानीको रेडियोकार्वन डेटिङ गरेर उक्त क्षेत्रमा करीब १ हजार वर्षको अन्तरालमा ठूलो काल्डेरा विस्फोट हुने गरेको तथ्य पत्ता लगाएका छन् । यसअघि सन् ११०० मा टोँगा टापु क्षेत्रमा यस्तै भयानक ज्वालामुखी विस्फोट भएको थियो ।

२० डिसेम्बर २०२१ र १३ जनवरी २०२२ का पहिलेका दुई विस्फोट मध्यम आकारका थिए । त्यसमा १७ किलोमिटरको उचाइँसम्म बादलको निर्माण भएको थियो र सन् २०१४, १५ को संयुक्त द्धिपमा नयाँ भूमि थपियो । नविनतम विस्फोटले हिंसाको परिमाणलाई बढाइदियो र खरानीको मुस्लो पहिलेदेखि नै करीब २० किलोमिटर अग्लो छ ।

यो ज्वालामुखी करीब १३० किलोमिटरको दूरीमा लगभग केन्द्रित रुपले फैलिएको थियो र हावाले विकृत हुनुभन्दा अगाडि २६० किलोमिटर व्यासको एक लाभा खरानी र वाफ सहितको धुवाँको मुस्लो (प्लम) बनेको थियो । यसले एक विशाल विस्फोटक शक्तिलाई प्रदर्शित गर्दछ । जसलाई केवल म्याग्मा–पानी प्रतिक्रियाबाट बुझाउन सकिँदैन ।

पिछले कुछ दशकों में हुंगा-टोंगा-हंगा-हापाई ज्वालामुखी नियमित रूप से फटा है।  

यसले के देखाउँदछ भने काल्डेरबाट ठूलो मात्रामा ताजा तथा ग्यासयुक्त म्याग्मा विस्फोट भएको हो । विस्फोटले टोँगा र छिमेकी मुलुकहरु फिजी र समोआ लगायतमा सुनामी पनि पैदा गर्‍यो ।

कम्पनको लहर हजारौँ किलोमिटर सम्म फैलियो, अन्तरीक्षबाट देयिखे र २ हजार किलोमिटर टाढाको न्युजिल्याण्ड सम्म मापन गरियो । विस्फोट सुरु हुने बित्तिकै टोँगाटापुमा आकाश अवरुद्ध भयो र खरानी खस्न थाल्यो ।

यी सबै संकेतबाट के थाहा हुन्छ भने ठूलो होँगा काल्डेरा जागेको छ । विस्फोटका क्रममा महासागरीय कम्पन तरंग र वायुमण्डलीय प्रक्रियाको संयुक्त प्रभावका कारण सुनामी उत्पन्न हुन्छ । समुद्रभित्रको भूस्खलन र काल्डेरा विस्फोटका कारण सजिलैसँग सुनामी उत्पन्न हुने गर्दछ ।

अहिलेसम्म यो प्रष्ट भएको छैन कि यो विस्फोट चरमोत्कर्ष हो या होइन । टोँगाको टापुमा भएको यो सामुद्रिक ज्वालामुखी विस्फोटनबाट पनि भविष्यमा ठूला ज्वालामुखी विस्फोटको प्रभाव तथा परिणाम के हुन्छ भन्ने कुराको अनुसन्धानका लागि गति तथा दिशा प्रदा गर्नेछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?