+
+

वीर अस्पताललाई ३० आईसीयू बेड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १३:४५

१७ माघ, काठमाडौं । निर्मल लामा स्मृति प्रतिष्ठानले वीर अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेको छ । सोमबार प्रतिष्ठानको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले अस्पताललाई ३० वटा आईसीयू बेड हस्तान्तरण गरेका हुन् ।

नेता पोखरेलले सो बेड हस्तान्तरण गर्दै शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकोले सबैले निःशुल्क पाउने व्यवस्था मिलाउनुपर्ने बताए । उनले पैसा हुनेले स्वास्थ्य र शिक्षा किन्ने प्रणालीको अन्त्य गरी आम जनताले शिक्षा र स्वास्थ्यमा नैसर्गिक हकको प्रयोग गर्न पाउनुपर्ने धारणा राखे ।

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले विभिन्न संस्थाहरूको सहयोगबाट नै कोरोना भाइरसको तेस्रो लहरमा उपचार गर्न सहज भएको बताए । उनले प्रतिष्ठानले दिएका ३० बेड सोमबारदेखि नै सञ्चालनमा ल्याउने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?