+
+
कविता :

तिमीले छाडेर गएदेखि

बादल घिमिरे बादल घिमिरे
२०७८ माघ २१ गते १५:०६

तिमीले छाडेर गएदेखि

अहिलेसम्म

मैले तानेका चुरोटका ठुटाहरू जोड्ने हो भने

तिनै चुरोटका ठुटाहरूमा पाइला टेकेर

पुग्न सकिन्छ कोटेश्वरदेखि कर्णालीसम्म ।

तिमीले छाडेर गएदेखि

अहिलेसम्म

मैले पिएका रक्सीका बोतलहरूको चाङ लगाउने हो भने

तिनै रक्सीका बोतलहरूलाई भर्‍याङ बनाएर

पुग्न सकिन्छ सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्म ।

तिमी छाडेर गएदेखि

अहिलेसम्म

मैले फिटेका तासका पत्ताहरूको खात लगाउने हो भने

तिनै तासका गड्डीहरूभित्रका राजारानी बिरासित

बन्न सक्छ एउटा विशाल तासदरबार ।

तिमीले छाडेर गएदेखि

अहिलेसम्म

मैले भोगेका यो देशका नेताहरूको भ्रष्ट अनुहार हेर्ने भने

तिनै कुरूप अनुहार टेकेर पुग्न सकिन्छ

काठमाडौंदेखि दिल्लीसम्म ।

९० सालको नागरिकता बोकेर

यही नेपाली माटोमा

अहिलेसम्म तिमी फर्कने दिन कुरिरहेको छु

तिमी फर्कन्छ्यौ या फर्कन्नौ त्यो त मलाई थाहा छैन

तर, मैले त केबल यत्ति बुझें

तिमी फर्किए पनि नफर्किए पनि

मेरो  माया पुरानो र यो देश बुढो कहिल्यै हुँदो रहेनछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?