+
+

९ अर्ब ६८ करोड पूँजी थप गर्न डाबर नेपाललाई लगानी बोर्डको स्वीकृति

उत्पादन विधिता र निर्यातमा लगानी हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २५ गते १३:२७

२५ माघ, काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपाललाई पूँजी थप गर्न लगानी बोर्डले स्वीकृति दिएको छ ।

मंगलबार बसेको बोर्डको ४९ औं बैठकले ९ अर्ब ६८ करोड रुपैयाँ बराबर पूँजी थप गर्न दिने निर्णय गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए ।

स्वीकृत गरेको थप पूँजीमा एक अर्ब भने ऋण लगानी रहेको भट्टले बताए । ‘उत्पादनमा विविधता थप गर्न र निर्यातका ६० प्रतिशतले बढाउन कम्पनीले गरेको प्रस्ताव स्वीकृत भएको छ,’ प्रमुख कार्यकारी अधिकृत भट्टले अनलाइनखबरसँग भने । डाबरलाई पुनर्लगानीका रुपमा पूँजी थप गर्न स्वीकृति दिइएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?