+
+

युवकको हत्या गरेर ओडारमा शव लुकाएको आरोपमा पक्राउ परेकाहरु कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १०:०९

२६ माघ, धनगढी । बैतडीमा युवकको हत्या गरेर शव ओडारमा लुकाएको आरोपमा पक्राउ परेका मध्ये दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । अन्य दुई जना भने जनही ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थीको हत्या गरेर शव ओडारमा लुकाएको आरोपमा सोही ठाउँका नवराज अवस्थी, हरिश अवस्थी, रमाकान्त अवस्थी र गोपाल अवस्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।

मंगलबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि नवराज र हरिश पुर्पक्षका लागि कारागार चलान भएका हुन् । रमाकान्त र गोपाल भने जनही ५० हजार रुपैयाँ धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले जानकारी दिए ।

गत मंसिर १४ गतेदेखि बेपत्ता डम्बर अवस्थीको हत्या गरेर शव ओडारमा गाडेको अवस्थामा प्रहरीले २८ पुसमा फेला पारेको थियो ।

हत्याका अभियुक्त मध्येका हरिश अवस्थीले आफू अपहरणमा परेको नाटक गरेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले राप्ती नदीको किनारबाट नियन्त्रणमा लिएर बैतडी प्रहरीलाई बुझाएपछि अवस्थी हत्या प्रकरण सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?