+
+

जिउमा ८ सय ६४ किराको टाटू बनाएर विश्व कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते २०:४०

मानिसले गिनिज बुकमा नाम लेखाउनका लागि अनेक कृत्य गर्दछन् । अमेरिकाका एक व्यक्तिले आफ्नो शरीरमा विभिन्न ८ सय ६४ प्रकारका किटपतंगका टाटू बनाएर
विश्व कीर्तिमान कायम गरेका छन् ।

माइक एमोइया नामका ती युवकले शरीरभर खोपेका किराका चित्रयुक्त टाटुको तस्वीर गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले आफ्नो इन्स्टाग्राम पेजमा राखेको छ
। उनको शरीरमा केवल ८ सय ६४ मात्र टाटु छैनन् अरु जिवजन्तुका पनि टाटू छन् ।

तर गिनिज बुकले उनको शरीरमा भएका ८ सय ६४ वटा इन्सेक्ट अर्थात् किराको टाटु मात्र गणना गरेर माकुरा, बिच्छी तथा खुम्रेकिरा लगायतका टाटु गणना
गरेको छैन । जिउमा यतिधेरै किराको टाटु खोपेका माइक किटपतंगप्रेमी होलान् भन्ने धेरैको अनुमान हुन सक्दछ । तर वास्तवमा उनलाई किराहरु देख्दा डर लाग्दछ ।

साँच्चिकै किरा देख्दा डर लाग्ने भएकैले आफुले जिउमा चित्र बनाएको उनी बताउँछन् । आफ्नो कीर्तिमानी टाटुयुक्त शरीरको कलालाई नन फंगिबल टोकनको रुपमा
बिक्रि गरेर उक्त पैसा बालबालिकाको हितका लागि दान गर्ने उनको योजना छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?