+
+

झापामा ‘शंकास्पद वस्तु’ राखेको अभियोगमा पुजारीसहित ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २ गते १८:३१

२ फागुन, काठमाडौं । झापाको बिर्तामोड र दमकमा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु राखेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाले प्रदेश प्रहरी कार्यालय, विराटनगरसँगको समन्वयमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।

घटनामा ‘हिमाल सुरक्षा परिषद्’सँग जोडिएका एक पुजारीसहित चार जना पक्राउ परेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । प्रेसर कुकुर दिने महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाविरुद्ध विष्फोटक पदार्थ ऐन, २०१८ अनुसार म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बतायो ।

घटनामा संलग्न एक जना अझै फरार छन् । झापाको बिर्तामोडमा ९ माघ र दमकमा १३ माघमा प्रेसर कुकुर बम जस्तो देखिने विष्फोटक पदार्थ बरामद भएको थियो । सेनाले त्यसलाई डिस्पोज गरेको थियो ।

घटनास्थलबाट प्रहरीले हिमाल सुरक्षा परिषद्को नाममा एउटा पर्चा बरामद गरेको थियो । त्यसमा हिन्दु राष्ट्र स्थापना हुनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, एमसीसी सम्झौता खारेज हुनुपर्ने लगायतका माग उल्लेख गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?