३ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलबार भएकाे खेलमा जाउलाखेल युथ क्लब र फ्रेण्ड्स क्लबले ३-३ काे बराबरी खेल्दै अंक बाँडेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको राेमाञ्चक खेलमा फ्रेण्ड्सले उत्कृष्ट पुनरागमन गर्दै अंक खाेसेकाे हाे । फ्रेण्ड्सका लागि जमाउल एन्थाेनी फ्रान्काेइसले गाेल गर्दै हारबाट बचाएका थिए ।
बराबरीपछि जाउलाखेल ११ खेलबाट १० अंकसहित ११ औं स्थानमै छ । फ्रेण्ड्स ७ अंक जाेडेर १२ औं स्थानमा यथावत छ ।
प्रतिक्रिया 4