
४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा गरेको प्रदर्शनमा ‘हाम्रो नेपाल, हाम्रो नेपाली अभियान’का ज्ञानेन्द्र शाही पनि सहभागी भएका छन् । उनी नेतृत्वको समूह फागुन ६ गते राप्रपामा समाहित हुँदैछ ।
तर राप्रपासँग एकता नहुँदै शाही राप्रपाले गरेको विरोध कार्यक्रममा सहभागी भएका हुन् । एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा विभिन्न राजनीतिक दलहरुले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । राप्रपाले पनि एमसीसी संसदमा टेबल गर्न नहुने माग गर्दै प्रदर्शन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4