+
+

धीरज र अदितीको ‘बाबरी’ भदौ ३१ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १६:१७

१७ फागुन, काठमाडौं । कोरोना संक्रमण कम हुँदै गएपछि एकपछि अर्को चलचित्रले प्रदर्शन मिति घोषणा गरिरहेका छन् । यसैक्रममा चलचित्र ‘बाबरी’ले पनि प्रदर्शन मिति घोषणा गरेको छ ।

यो चलचित्र आगामी भदौ ३१ गते रिलिज हुने निर्माण टिमले घोषणा गरेको छ । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्रमा धीरज मगर र अदिती बुढाथोकीको शीर्ष भूमिका छ । त्यस्तै नवअभिनेता धीरज नत्कारको पनि चलचित्रमा मुख्य भूमिका रहेको छ ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको चलचित्रमा धीरज र अदितीले पहिलोपटक सहकार्य गरेका हुन् । पुष्पा बुढाथोकीको निर्माण रहेको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?