+
+

मृत्‍यु पश्चातको अंगदान गर्न स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्‍यु पश्चातको अंगदान गर्न आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १२:३८
फाइल तस्वीर

२६ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्‍यु पश्चातको अंगदान गर्न आग्रह गरेका छन् ।

बिहीवार विश्व मिर्गौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभातफेरी लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंगदान गर्न सबैलाई आग्रह गरेका हुन् ।

मृत्‍युपश्चातको अंग दान गरेमा मिर्गौला पीडितहरुले पनि धेरै सुविधा पाउने उनले बताए । मन्त्री खतिवडाले पहिले मिर्गौला दान गर्न पाउने समुह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताए ।

नाता पर्नेजति सबैले मिर्गौला दान गर्न सक्ने उनले स्पष्ट पारे । उनले भने, ‘मिर्गौला पीडितले आफुलाई मिर्गौला दिने, म्याच गर्ने मान्छेहरुको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरु उपचारबाट वञ्चित भएको देखिएको हो । मृत्युपश्चातको अंग दान गर्न सक्यौँ भने अझ मिर्गौला पीडितहरुले धेरै सुविधा पाउन सक्नुहुन्छ ।’

मन्त्री खतिवडाले मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरु पनि मिर्गौला नफेरेका व्यक्तिहरु जस्तै स्वस्थ हुन सक्ने भन्दै आत्तिनु नहुने बताए । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरुले चिन्तित भएर आफुलाई कमजोर बनाउनु नहुने उनको भनाइ छ ।

‘मिर्गौला दान गर्दा पनि समस्या हुँदैन । मिर्गौला फेरेको मान्छे पनि स्वस्थ हुन्छन् । त्यसकारण हामी मनबाट, अनेक हिसाबबाट आत्तिनु पर्दैन । दुई वटामध्ये हामीले एउटा दान गर्दा पनि हाम्रो शरीरमा त्यति ठुलो समस्या आउँदैन।’ उनले भने, ‘मिर्गौला फेरेको मान्छेहरुले पनि आफुलाई मन कमजोर बनाएर म बिरामी छु, मेरो मिर्गौला फेरेको छ भनेर चिन्तित हुनुपर्दैन ।’

१० मार्चको दिन मनाइने विश्व मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?