+
+

श्रीमान‍्को हत्या गरेको आरोपमा श्रीमती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १२:५१

३० फागुन, नवलपरासी । आफ्नै श्रीमान् ६५ वर्षीय चमन सिंह भिरकट्टाको हत्या गरेको अभियोगमा बुलिङटार गाउँपालिका-५ राईकोट बस्ने ६५ वर्षीया श्यामकुमारी भिरकट्टालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्यामकुमारीले घरायसी विवादको क्रममा बन्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमन सिहंको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको थियो ।

ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले श्यामकुमारीलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?