+
+

रुससँग एक-दुई हप्तामा शान्ति सम्झौता हुन सक्छ : युक्रेन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १ गते १२:०६

१ चैत, काठमाडौं । रुससँग एक-दुई हप्तामा शान्ति सम्झौता हुन सक्ने युक्रेनका एक अधिकारीले बताएका छन् ।

युक्रेनी राष्ट्रतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिकले रुससँग चाँडै नै शान्ति सम्झौता हुन सक्ने बताएका हुन् । वैशाखभित्रमा जारी युद्ध अन्त्य हुने पनि उनको भनाइ थियो ।

सोमबार सार्वजनिक गरिएको एक भिडियोमा अरेस्टोभिकले रुससँग एक-दुई हप्तामा शान्ति सम्झौता हुन सक्ने बताएका हुन् ।

शान्ति सम्झौतापछि युक्रेनबाट रुसी सेना फिर्ता हुने पनि उनको भनाइ थियो । जारी युद्ध चर्किँदै गए रुसको सैन्य स्रोत-साधन कम हुँदै जाने र बैशाखमा युद्ध अन्त्य हुन सक्ने पनि उनको भनाइ थियो ।

शान्ति सम्झौतापछि एक वर्षसम्म फाटफुट भिडन्त हुन सक्ने पनि अरेस्टोभिकले बताए । तर आफूहरूले युक्रेनबाट सबै रुसी सैनिकको बहिर्गमनलाई विशेष जोड दिने पनि उनको भनाइ थियो ।

रुसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेको २० दिन भइसकेको छ । यस अवधिमा सैयौंको ज्यान गइसकेको छ ।

युद्धका कारण लाखौं मानिस विस्थापित भइसकेका छन् । मानवीय संकट बढ्दै गएपछि दुबै पक्षले साझा बिन्दु खोजेर जारी युद्धलाई अन्त्य प्रयास गरिरहेका छन् । रोयटर्सबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?