+
+

विरामीको पेटबाट निकालियो फलामको सिक्री र पेटीको बकल

नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले विरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बक्कल निकालेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २ गते ११:५५

२ चैत, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले विरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बकल निकालेका छन् ।

भोजपुरको भोजपुर नगरपालिका-१२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बकल निकालिएको हो ।

नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार २१ वर्षीय युवकले सुरुमा फलामको सिक्री र पछि पेटीको बकल निलेका थिए । सिक्री उनको पेटमा थियो । बकल भने खाना नलीमा अड्किएको थियो । मर्छु भन्दै ती युवकले सिक्री र बक्कल निलेको पाइएको छ । बक्कल र सिक्री निलेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।

नोबेलका शल्य चिकित्सक डा. ध्रुवनारायण शाह र मोहन खड्कासहितको टोलीले इण्डोस्कोपिक विधिमार्फत बकल विरामीको मुखबाट र सिक्री दिसा नलीबाट निकालेको दाहालले बताए । उपचारपछि ती युवक घर फर्किएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?