+
+

होलीमा ट्राफिक नियम उल्लंघन गर्ने ९०६ लाई कारबाही

रासस रासस
२०७८ चैत ३ गते २०:३७

३ चैत, काठमाडौं । होली पर्वमा मापसे गरेर सवारी चलाउने ९०६ जना कारबाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीका अनुसार बिनाहेल्मेट तीन जना चढ्ने,  लापरवाही तरिकाले सवारी चलाउने लगायतका सवारी नियम उल्लंघन गर्ने ९०६ वटा सवारी चालकलाई कारबाही गरिएको हो । उनीहरूमध्ये १०६ जना मापसे गरेर सवारी चलाउने परेका छन् ।

होलीमा अवान्छित तरिकाले सवारीसाधनको प्रयोग गर्ने,  तीव्रगति र जिगज्याग गरी मोटरसाइकल चलाउने,  मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने,  हेल्मेट नलगाउने,  तीन जनाभन्दा बढी चढ्ने, सवारीसाधनको प्रयोग गरी महिलालाई अभद्र व्यवहार गर्ने,  ठूलो आवाज निकाल्ने,  मोडिफाइ गरी सवारी चलाउने,  सवारी चालक अनुमतिपत्र नलिई सवारी चलाउनेमाथि निगरानी गरेको थियो । त्यसका लागि काठमाडौंमा एक हजार ३०० ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?