+
+

सन्दीपले किन भेटे ओलीलाई ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १८:५६

काठमाडौं । कलाकारहरु धमाधम पार्टी प्रवेश गरिरहेको बेला कलाकार सन्दीप क्षेत्रीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । गत आइतबार उनले ओलीसँग भेट गरेका थिए ।

चुनाव नजिकिएको र अन्य कलाकार पनि धमाधम पार्टी प्रवेश गरिरहेको बेला एमाले अध्यक्ष ओलीलाई भेट्नु आफ्नो संयोग मात्र भएको सन्दीपले अनलाइनखबरलाई बताए । ‘पार्टी प्रवेशबारे कुरा भएको होइन । कुनै पार्टीमा आबद्ध नभएका हामीजस्ता युवाको मुद्दाबारे ध्यानाकर्षण गराउन मात्र भेटेको हुँ,’ उनले भने ।

ओलीसँगको भेटमा क्याजुअल कुराकानी भएको उनले बताए । ‘नेपालमै केही गरौं भनेर लागिपरेका हामीजस्ता युवाको मागलाई पनि दलहरुले सुनुवाइ गर्नुपर्छ भनेर शीर्ष नेताहरुलाई भेट्ने अभियान थालेको हुँ,’ टीभी प्रस्तोता समेत रहेका क्षेत्रीले भने ।

गत महिना उनले खुमलटार पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए । चाँडै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि भेटेर कुरा राख्ने तयारी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?