
११ चैत, काठमाडौं । नेक्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक शुक्रबारदेखि कपिलवस्तुको शिवगढीमा चलिरहेको छ ।
शिवगढी विप्लवको गृहनगर पनि हो । त्यहाँ नेकपाको केन्द्रीय कार्यालय पनि छ र ‘जनकम्युन’ पनि सञ्चालन गरिरहेका छन् ।
नेकपाका केन्द्रीय सदस्यहरु, स्थानीय तहको चुनाव उपयोग गर्नुपर्ने मतसहितको राजनीतिक प्रतिवेदनमा बिहीबारसम्म छलफल गरे ।
प्रवक्ता खड्गबहादुर विश्वकर्माले बिहीबार साँझपख बैठकमा सहभागी हुन आएका केन्द्रीय सदस्यहरुले श्रमदान गरिरहेको तस्वीर सार्वजनिक गरे, जसमा महासचिव विप्लवसहितका नेताहरू जौ काटिरहेको देखिन्छ ।
एक केन्द्रीय सदस्यका अनुसार बैठक अवधिभर सबै केन्द्रीय सदस्यलाई जनकम्युनबाटै उत्पादन भएको वस्तुको खाना खुवाइएको थियो ।
चुनावको बहस
शिवगढीमा निर्माण भएको केन्द्रीय कार्यालयमा पहिलो पटक केन्द्रीय समितिको बैठक राखिएको छ । त्यही एक सातासम्म विप्लवको प्रस्तावमाथि छलफल भयो ।
स्रोतका अनुसार बहुमत केन्द्रीय सदस्य चुनाव उपयोग गर्नुपर्ने प्रचण्डको प्रस्तावको विपक्षमा उभिएका छन् । चारजना सचिवालय र चार जना सल्लाहकार र ६८ जना केन्द्रीय सदस्यले धारणा राखेपछि हिजो साँझदेखि छलफल सकिएको छ ।
४० जनाले चुनवा बहिष्कार गर्नुपर्ने धारणा राखेका छन् भने २८ जनाले विप्लवको प्रस्तावको समर्थन गरेका छन् । ५ जनाले पार्टीलाई मिलाएर लैजानुपर्ने मध्यमार्गी धारणा राखेका छन्र ।
बहुमत केन्द्रीय सदस्य आफ्नो प्रस्तावको विपक्षमा उभिएपछि महासचिव विप्लव अप्ठ्यारोमा परेका छन् ।
शुक्रबार विप्लवले आफ्नो प्रतिवदेनमाथि उठेका प्रश्नको जवाफ दिएपछि बैठक सकिने एक केन्द्रीय सदस्यले जानकारी दिए। । त्यसअघि फरक–फरक धारणाबाट पार्टी विभाजन हुन नदिन केन्द्रीय सचिवालयका नेताहरु छलफलमा जुटेको छन् ।
प्रतिक्रिया 4