+
+

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १८:५२

१३ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको नवौँ (हिउँद) अधिवेशनबाट आइतबारदेखि सुरु भएको छ ।

मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुखको आह्वानमा आठौँ अधिवेशन अन्त्य भएको पाँच महिना २८ दिनमा प्रदेशसभाको नवौँ अधिवेशनको पहिलो बैठक आइतबार बसेको हो ।

आइतबारको बैठकमा प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउँदै अधिवेशन प्रारम्भ भएको घोषणा गरे भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले शुभकामना मन्तव्य समेत राखेका छन् ।

बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनीतादेवी चौधरीले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्था गर्न बनेको विद्येयक २०७७ लाई संशोधन गर्न बनेको विद्येयक टेबुल गरिन् ।

उक्त विद्येयकमाथिको कारवाही सोमबार दिउँसो ४ बजे बस्ने बैठकमा अगाडी बढाइने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?