+
+

ज्ञानेन्द्र शाही राप्रपाको कार्यसम्पादन समिति सदस्यमा मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते ९:०७

१६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाही पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत भएका छन् ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई मंगलबार केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन् ।

राप्रपा र सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियानबीच भएको सम्झौता अनुसार कार्यसम्पादन समिति सदस्य मनोनीत गरिएको अध्यक्ष लिङ्देनले उल्लेख गरेका छन् ।

यसअघि कार्यसम्पादन समितिमा २० जना मनोनीत भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?