+
+

ट्युनिसिया, मोरक्को र क्यामरुन विश्वकपमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १०:५१
विश्वकपमा छनोट भएपछि खुसी मनाउँदै ट्युनिसियाका खेलाडी ।

१६ चैत, काठमाडौ । अफ्रिकाबाट ट्युनिसिया, मोरक्को र क्यामरुन विश्वकप फुटबलमा छनोट भएका छन् ।

अफ्रिकी क्षेत्रको छनोटको तेश्रो चरणमा ट्युनिसिया मालीलाई, मोरक्को कंगोलाई र क्यामरुन अल्जेरियालाई पछि पार्दै विश्वकपमा पुगेका हुन् ।

मंगलबारराति को दोश्रो लेगमा मालीलाई गोलरहित बराबरीमा रोकेपछि ट्युनिसिया समग्रमा १–० को जितले विश्वकपमा पुगेको हो ।

यस्तै दोश्रो लेगमा कंगोलाई ४–१ ले हराएको मोरक्को समग्रमा ५–२ को जितसहित कतार विश्वकपमा पुगेको हो ।

इन्जुरी समयमा खाएको गोलले अभागी अल्जेरिया

अल्जेरियासँगको पहिलो लेग आफ्नो घरेलु मैदानमा १–० ले हारेको क्यामरुन दोश्रो लेगमा अतिरिक्त समयको पनि इन्जुरी समयमा गोल गर्दै अवे गोलका आधारमा विश्वकपमा पुगेको हो ।

अल्जेरियामा भएको दोश्रो लेगको निर्धारित ९० मिनेटमा क्यामरुन १–० ले अघि थियो । तर समग्रमा यो नतिजा १–१ को बराबरी भयो । दुवै टिमको १-१ अवे गोल भयो  । त्यसैले खेल अतिरिक्त समयमा पुग्यो ।

अतिरिक्त समयको २८ औं मिनेटमा अल्जेरियाले गोल गर्दै खेल बराबरी गर्‍यो, यो नतिजामा अल्जेरिया समग्रमा २–१ ले अघि भयो । उसलाई विश्वकपमा पुग्न अब मात्र २ मिनेट बाँकी थियो ।

घरेलु मैदानमा अल्जेरियाली समर्थककाे खुसी थामिनसक्नु थियो ।  तर अतिरिक्त समयको इन्जुरी समयमा क्यामरुनका टोको इकाम्बीले गोल गर्दै दोश्रो लेगको नतिजा २–१ बनाए ।

यो नतिजा समग्रमा २–२ को बराबरी थियो । तर यो दुई गोल क्यामरुनले अल्जेरियाको मैदानमा गरेको थियो । त्यसैले ऊ अवे गोलका आधारमा विश्वकपमा पुग्यो ।

अफ्रिकाबाट सेनेगल र घाना यसअघि नै विश्वकपमा छनोट भइसकेका छन् ।

ट्युनिसिया, मोरक्कोले यसअघि ५–५ पटक विश्वकप खेलिसकेका छन् । यस्तै क्यामरुनले भने ७ पटक विश्वकप खेलेको छ । क्यामरुन सन् १९९० मा क्वार्टर फाइनलसम्म पुगेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?