
१७ चैत, दाङ । दाङ क्रिकेट लिगको उपाधि घोराही टाइगर्सले जितेको छ ।
दाङ जिल्ला क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा देउखुरी वारियर्सलाई ६ रनले पराजित गर्दै घोराहीले पहिलो संस्करणको उपाधि जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको घोराहीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ३३ रन बनाएको थियो ।
घोराहीका लागि विराट भण्डारीले ३२ रन बनाए । देउखुरी वारियर्सका अमित तामाङ र नारायण जोशीले समान ३ विकेट लिए ।
घोराहीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको देउखुरीले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय २७ रन मात्रै बनायो ।
देउखुरी वारियर्सका प्रज्वल थापाले ५१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
बलिङतर्फ अनुप न्यौपानेले ४ ओभरमा १५ रन दिँदै ४ विकेट लिए । रासिद खान र सिद्धान्तराज शाहीले समान २ विकेट लिए ।
उपाधि विजेता घोराही टाइगर्सले नगद २ लाखसहित ट्रफी उचालेको छ भने उपविजेता देउखुरी वारियर्सले १ लाखसहित ट्रफी प्राप्त गरेको छ ।
प्रतिक्रिया 4