+

शारीरिक र मानसिक स्फूर्तिका लागि कसरी मसाज गर्ने ?

२०७८ चैत  २१ गते १२:०० २०७८ चैत २१ गते १२:००
शारीरिक र मानसिक स्फूर्तिका लागि कसरी मसाज गर्ने ?

काठमाडौं । मसाज वा मालिस पौराणिक समयदेखि नै विभिन्न रोगको उपचारका लागि प्रयोग गर्ने प्रचलित विधि हो । यसलाई ३००० इसापूर्वदेखि प्रयोगमा आएको प्राकृतिक चिकित्सा विधि मानिन्छ ।

प्राकृतिक चिकित्सा विधिमध्येको मसाज आफैंमा बहुउपयोगी विधि हो । मसाज सबै उमेर र सबै लिंगका मान्छेको लागि उपयुक्त विधि हो । अहिलेसम्म पनि बच्चा जन्मिएको ६ महिनासम्म बच्चालाई दिनको तीनपटकसम्म घाममा राखेर तेल मालिस गर्ने चलन यो पनि मालिसको एउटा विधि हो ।

मालिसले मान्छेको हाड तथा मांसपेशीलाई बलियो बनाउँछ । मान्छेको वृद्धिविकासमा योगदान पुग्ने, पाचन शक्ति बढ्ने, छालासम्बन्धी रोग नलाग्ने र मजाले निद्रा लाग्ने विश्वास गरिन्छ ।

प्राकृतिक चिकित्सक मनोज ढकाल

हाम्रो समाजमा शरीरलाई फूर्तिलो, बलियो र तन्दुरुस्त राख्न मालिस वा मसाज निकै प्रयोग गरिन्छ । यद्यपि मसाजको प्रयोग आनन्दका लागि पनि गरिन्छ । त्यसैले मसाजलाई चिकित्सा विज्ञानले विभिन्न रुपमा विभाजित गरेको छ । मसाजले डिप्रेसन, मानसिक तनाव, अनिद्रा, चिन्ता र माइग्रेन जस्ता समस्याबाट मुक्ति दिन्छ ।

मसाजले शारीरिक तथा मानसिक स्फूर्ति ल्याउनुका साथै सोच तथा स्मरणशक्ति बढाउँछ ।

अहिले बच्चालाई घाममा तेल तताएर मसाज गर्ने चलन कम छ । तर सहरी भेगमा पनि जैतुनको तेल र बेबी लोसनले मालिस गर्ने चलन देखिन्छ । तर प्राकृतिक चिकित्सामा उल्लेख भएअनुसारको मालिस गर्ने चलन भने हराउँदै गएको देखिन्छ ।

मसाजका प्रकार र यसका फाइदा

मसाजका विभिन्न तरिका भएपनि चिकित्सा विज्ञानले यसरी विभाजन गरेको छ ।

स्युडिस मसाज

यो एकदमै चलेको मसाजको प्रकार हो । यसमा स्ट्रोक, ट्यापिङ, निडिङ जस्ता धेरै विधि प्रयोग गरिन्छ । यो मसाज मुख्यतः दुखाइ कम गर्नका लागि प्रयोग गरिन्छ । यो ढाडको दुखाइ, मांसपेशी जगडिएको, घडा दुखाइ र अर्थराइटिस जस्ता रोगको लागि प्रयोग गरिन्छ ।

डिप टिस्यु मसाज

यो मसाजले छालामुनि रहेका गहिरा तन्तुहरुलाई ध्यान केन्द्रित गर्ने भएकाले अपेक्षाकृत बढी दबाब प्रयोग गर्दछ । यो प्रविधिमा औंलाद्वारा दबाब दिएर छालामा विभिन्न टेक्निक समावेश गरिन्छ । यसले मांसपेशीको दुखाइ कम गर्न मद्दत गर्दछ । साथै शारीरिक असन्तुलन मिलाउन र तनाव गर्न पनि यसले सहयोग गर्छ ।

अरोमा थेरापी मसाज

यो विधि भावनात्मक र मानसिक उपचारमा केन्द्रित छ । यसले दिमागलाई आराम गर्न मद्दत गर्दछ । यो विधिमा रोगअनुसार विभिन्न तेलको प्रयोग गरेर मसाज गरिन्छ । शरीरलाई सान्त्वना र आराम दिन, सुगन्धित तेलको प्रयोग गरिन्छ । यसले मस्तिष्कलाई सुखद् अनुभूति दिन्छ ।

जीवनशैली मसाज
लेखक
मनोज ढकाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् ‍?

हार्मोनले हाम्रो मुड र व्यवहारलाई कसरी नियन्त्रण गर्छन् ‍?

पत्रपत्रिकामा राखिएको समोसा वा पकौडा खाँदा हुन सक्छ यस्तो जोखिम

पत्रपत्रिकामा राखिएको समोसा वा पकौडा खाँदा हुन सक्छ यस्तो जोखिम

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

प्रसव पीडा कम गर्न सुरक्षित ‘एपिड्युरल’ प्रयोगबारे एनेस्थेसियोलोजिस्टलाई प्रशिक्षण

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई कुन–कुन खोप आवश्यक छ ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सरकारी अस्पतालमा फार्मेसी किन संस्थागत हुन सकेन ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?

सुत्केरीपछि शरीर पहिलेकै अवस्थामा फर्किन कति लाग्छ समय ?