+
+

राखेप फर्किए घिसिङ, एशियाली र राष्ट्रिय खेलकुदलाई प्राथमिकता दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते ११:३१

२३ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ जिम्मेवारीमा फर्केका छन् ।

शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि तत्कालिन राखेप सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरी गत मंसिरमा सरकारले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।

तर त्यो नियुक्ती खारेजीको माग गर्दै सिलवाल सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले मंगलबार सिलवालको रिट खारेज गरेपछि घिसिङलाई जिम्मेवारीमा फर्कन बाटो खुलेको थियो ।

जिम्मेवारी सम्हाले लगत्तै पत्रकारसित कुराकानी गर्दै घिसिङले एशियाली खेलकुद र राष्ट्रिय खेलकुदलाई प्राथमिकता दिएर काम गर्ने बताए ।

उनले नवौं राष्ट्रिय खेलकुद यही आर्थिक वर्षमा गर्ने उनले बताए । अबको ५ महिनामा एशियाली खेलकुद हुँदै छ । त्यसका लागि तत्काल संघहरलाई बोलाएर छलफल गर्ने र तयारी थाल्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?