४ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन सुरक्षाका लागि खटिने म्यादी प्रहरी हाल तालिममा छन् ।
काठमाडौं जिल्लामा चुनावी सुरक्षाका लागि खटिने म्यादी प्रहरीहरु हाल नगर प्रहरी कार्यालय काठमाडौंमा तालिममा छन् । यहाँ ७० पुरुष र १३ महिला गरी ८३ म्यादी प्रहरी पाँच दिनदेखि तालिम लिइरहेका छन् ।
विहान ८ बजे तालिमका लागि यहाँ आइपुग्ने उनीहरुलाई सुरुमा छोटो दौड, कवाज, सलामी, लाठी अभ्यास लगायतका शारीरिक अभ्यास गराइन्छ ।
त्यसपछि भने मतदानस्थलको बनावट, सुरक्षा, सूचना संकलन र खबर आदान प्रदान, मतपेटिका व्यवस्थापन र निर्वाचनसम्बन्धी कक्षा दिइने गरिएको छ ।
हेर्नुहोस् तस्वीरहरु



प्रतिक्रिया 4